आन्विका गिरी-फेरि रोल्पा

फेरि रोल्पा

आन्विका गिरी

ढोकाको सानो प्वालबाट घरबेटीको गञ्जीका दुई वटा प्वाल देखिए। संसारमा यही एउटा मान्छेलाई म अनुहार नहेरी चिन्न सक्छु। खाना नखाँदै आएको भए मेरो दिक्क लाग्दो अनुहार उसले हेर्नै पर्थ्यो। रमला अफिसको कामले बाहिर गएकीले एकसातादेखि खाना बनाएर म गलिसकेको छु।

“बाहिर एउटी बूढी गोपाल, गोपाल भन्दै छे”, घरबेटीले दिक्क मान्दै सोधे, “चिन्नुहुन्छ?”

सडकको पहेँलो बत्तीमा एउटा चाउरिएको अनुहार! टाउकोमा फेटा बाँधेकी उनको नाकको फुली र उज्यालोको रङ्ग उस्तै थियो। मलाई देखेर ङिच्च हाँसिन्। उनको अगाडिको दाँत झ्रेछ। खुट्टामा चप्पल पनि थिएन। सेतो पटुका मैलिएर कैलो भएको थियो।

“चिन्नुहुन्छ?”, घरबेटीको बोलीले म तन्द्राबाट ब्यूँझिए झ्ैँ भएँ। उनी पछि-पछि आएको बिर्सेछु।

“चिन्छु।”

धारो खोलिदिएपछि उनले मिची-मिची हातखुट्टा धुने प्रयत्न गरिन्। हातमा साबुन लगाउँदा साबुनको वास यसरी तानिन्, मानौं एउटा गँजडी जोडले गाँजा तानिरहेको छ।

“खुट्टामा पनि लगाउने?”, उनले अलिकति छक्क अनि अलिकति मक्ख परेर सोधिन्।

एकछिनअघिसम्म र्‍याल-सिंगान भएको अनुहार केही चम्किलो देखियो। उनलाई सोफामा बसालेर अनुहार नियालेँ। जसरी हेरे पनि यिनी कटकरीकी आमा फूलमाया नै हुन्। मैले यिनलाई दुईवर्ष अगाडि रोल्पाको थवाङमा छाडेर आएको थिएँ।

रातो रिबनले कपाल बाँधेको निहुँमा सेनाले उनकी छोरी कटकरीलाई थुतेर लगेका थिए। आठ कक्षामा पढ्दै गरेकी कटकरी कुनै पार्टीमा संलग्न थिइनन्। तर गाउँमा माहोल नै यस्तो थियो― सबै पार्टीमा थिए, कोही पार्टीमा थिएनन्!

“चुल्ठोमा रातो रिबन किन?”, स्कूलबाट फर्कंदै गरेकी उसलाई सेनाको मेजरले सोध्यो।

“यसै…”, कटकरीको जवाफ थियो। त्यही साँझ् आमाको काखमा गुजुल्टिएर बसेकी उनलाई स्कूलकै नीलो मिडीमा एकहूल राक्षसले घिसार्दै लगे।

कटकरीले आमालाई रातो रिबनको कुरा सुनाउन पाएकै थिइन। फूलमाया त खाली काखबाट थुतेर लगे भन्दै बरर्र आँसु झ्ार्थिन्। आँसुसँगै नाकबाट बग्ने पानीले उनलाई हेरिनसक्नु बनाउँथ्यो। अनि यसरी रुन थाल्थिन् कि झिँगा धपाउन समेत सक्दिनथिन्।

हरेक घरमा लगभग उस्ताउस्तै कथा। फरक के मात्र भने छोरी मरेकी वा बेपत्ता पारिएकी भन्ने द्विविधामा थिइन्, फूलमाया। कटकरी हराएदेखि उनको घरमा आगो बलेको थिएन। खाने बेलामा जसको घरमा पुग्थिन् त्यहीँ खान्थिन्।

कटकरीलाई लगेको महिना दिनमा सेनाले गाउँ छोड्यो। सेना हिँडेको भोलिपल्ट गाउँलेले खाल्टोबाट कटकरीको रातो रिबन निकालेर उसकै घरमा बाँधिदिए। नीलो मिडी वा सर्ट फेला परेको भए सायद छोरी मारिई भनेर फूलमाया मान्थिन् होला।

त्यसैबेला गाउँ पुगेको मैले आफू काम गर्ने संस्थामा कटकरीलाई बेपत्ताको सूचीमा राख्न सिफारिस गरेँ। हामीले उनको खोजी पनि तीब्र पार्‍यौं। त्यही सिलसिलामा म फूलमायालाई बारम्बार भेटिरहन्थेँ। एकदिन छोरी भेटिन्छे भन्नेमा उनी ढुक्क थिइन्। “साइँलाले काजकिरिया गरिसक्यो”, एकपटक उनले सुनाइन्, “तर, त्यो रिबनकै भरमा म कसरी आफ्नी छोरी मरेकी मानूँ?”

एउटा गैर-सरकारी संस्थाले युद्ध पीडितहरूलाई राहत दिन पत्र काटेर बोलाएको रहेछ। मर्नेहरूको परिवारलाई केही नगद, कम्बल र थाल दिइएको रहेछ। अनि बेपत्ताको परिवारलाई कम्बल र थाल। खुट्टा दुखेर ढिलो पुगेकाले फूलमायाको भागमा एउटा स्टिलको थाल मात्र परेछ।

“गोपाल मैले त थाल मात्र पाएँ”, झ्ण्डै-झ्ण्डै रोइन् उनी। त्यसपछि त्यही थाल छातीमा च्यापेर हिँड्न थालिन्, मानौं त्यो नै कटकरी हो। छोरी केका लागि मारिई वा हराई उनले थाहा पाएकी थिइनन्। मा’वादी कार्यकर्ता भन्ने शब्द उनलाई बोझिलो भएको थियो। उनलाई भनियो पनि, “तपाईंकी छोरीले पार्टीका लागि ज्यान दिएकी छन्, पार्टीले हेर्छ तपाईंलाई।” तर, किन हो उनलाई केही पाइन्छ भन्ने विश्वास कहिल्यै लागेन।

सरकार र अन्य संघ-संस्थाले भटाभट राहत बाँड्न थाले। छिमेकीहरू कसैले १० लाख पाए त कसैले पाँच लाख! कसैले जागिर पाए। आत्महत्या गरेकाहरू समेत शहीदको सूचीमा परे, पारिए। कसैले बोराका बोरा चामल घर ल्याए। कसैले जस्ताले छाना टल्काए। पाउनकै लागि मानिसहरू बिस्तारै सदरमुकाम लिवाङहुँदै काठमाडौंसम्म आइपुगे। उनलाई पनि साँच्चै केही पाइनेरहेछ भन्ने लाग्यो।

यसरी एकाएक कटकरीको अन्तिम संस्कार गरेकी उनी काठमाण्डू जाने रटान लगाउन थालिन्, “गोपाल तँ जाने भइस्?”

“आमा म तीन दिनपछि हिँड्छु।”

“मलाई पनि लिएर जा न गोपाल।”

म छक्क परेँ। मलाई थाहा थियो, काठमाडौंमा उनको कोही छैन। भन्नलाई त प्रचन्न छन् भन्थिन्।

“किन जाने काठमाडौं?”, मैले जिस्क्याएँ, “प्रचन्नलाई भेट्न?”

“सके उनैलाई भेटौंला, नभए कोही त होला नि! कटकरी मरेकी हो। ऊ शहीद हो। मैले १० लाख पाउनुपर्छ।”

उनलाई यति गम्भीर कहिल्यै देखेको थिइनँ। उनका आँखाहरू स्थिर छन्। उनी रोएकी पनि छैनन्, बोलीमा दृढता छ।

“मैले थाल मात्र पाएँ। यहाँ बसँे भने अरू केही पाउँदिनँ। तँ काठमाडौं जाँदा मलाई पनि लैजा।”

“कटकरी भेटिई भने?”, मैले सोधेँ, “अब उसलाई खोज्न पर्दैन?”

“पर्दैन, ऊ मरेकै हो”, उनको आवाज चर्को भयो, “सारा गाउँलेलाई थाहा छ। मैले १० लाख पाउनै पर्छ।”

म अवाक् भएँ। अनि उनलाई छाडेर फुत्त हिँडेँ। आज अचानक यो रातमा उनलाई काठमाडौंमा यो रूपमा भेट्दा फेरि अवाक् भएको छु।

खाना बनाएर खुवाएँ। उनी कसरी यहाँसम्म आइन्, केही सोधिनँ।

“दुई जना मर्ने परिवारले २० लाख पाए”, एकाबिहानै निस्किनुअघि उनले सुनाइन्।

मैले उनलाई पछ्याउन सकिनँ। अचानकको उनको आगमनले म हतप्रभ छु। मैले उनलाई कसरी एक्लै बाहिर निस्कन दिएँ, होस छैन। उनी कहाँ जालिन्? के खालिन्? मेरो मस्तिष्कमा पक्षघात होला जस्तो भो।

बेलुका आठबजे रमलाले डोर बेल बजाउँदा म फूलमायाको खोजीमा निस्कने तयारीमा थिएँ। रमलालाई फूलमायाबारे धेरै कुरा थाहा छ। थाहा नभएको कुरा उनी काठमाडौंमा छिन् भन्ने मात्र थियो।

दुई दिनसम्म उनको पत्तो लागेन। प्रहरीमा लेखाएँ। तेस्रो दिन उनलाई टेलिभिजनमा देखेँ। शहीदकी आमा फूलमाया काठमाडौंमा, सरकारले राहत दिएन। समाचारको सार। प्रहरीले फोन गरेर तपाईंले खोजेको बूढी त शहीद परिवारको सङ्गठनको सम्पर्कमा रैछे भन्यो। भेट्न गएँ। साह्रोगाह्रो भयो भने मलाई फोन गर्नु भनेर आफ्नो नम्बर चिर्कटोमा लेखेर दिएँ।

एकसातापछि सङ्गठनबाट फोन आयो, “कटकरी त बेपत्ताको सूचीमा पो रैछिन्। तपाईंले नै सिफारिस गर्नुभएको रहेछ। फूलमायाजीले गाउँ नै फर्के ठीक होला। हामीले भन्दा मान्नुहुन्न। सम्झाइदिनुहुन्छ कि!”

उनले मेरो के सुन्थिन्, सम्पर्कविहीन भइन्। सब चिच्याइरहेका थिए― कटकरी शहीद होइन बेपत्ता हो, उनलाई खोजिनुपर्छ। कतिले मेरो समेत अन्तरवार्ता लिए। जुलुस लगेर सिंहदरबार घेर्ने फूलमायाको ल्याकत थिएन। उनी देखिन सुनिन छाडिन्।

“सारा गाउँलेले भन्दाभन्दै तिमीले किन उसलाई बेपत्ताको सूचीमा राख्यौ?” रमलाले औंला ठड्याइन्, “अब तिमी दिन्छौ उनलाई १० लाख?”

म नाजवाफ भएँ।

एकहूल मान्छे माइतीघरको अष्टमण्डलमा संविधान मागेर बसेका थिए। म कानमा इयरफोन घुसारेर समाचार सुन्दै त्यतैबाट अनामनगर जाँदैथिएँ। भाउजूले मारेकी नन्दलाई पनि शहीद घोषणा गरियो केही दिनदेखि यो समाचार बजिरहेको छ। शहीद घोषणा गराउन व्यापक नाराजुलुस भइरहेका थिए।

एकछिन उभिएर हेरेँ, भीड चिच्याइरहेको थियो, “पाउनै पर्छ, पाउनैपर्छ।” भीडमा अचानक फूलमाया देखिइन्, “हो पाउनै पर्छ, मैले पाउनैपर्छ।” एउटी बूढी मान्छे त्यसरी उत्तेजित भएर चिच्याउँदा साराले उनलाई घेरे। एउटा पत्रकारले सोध्यो, “तपाईं कहाँबाट?”

“रोल्पाबाट। कटकरी बेपत्ता होइन शहीद भएकी हो। मैले १० लाख पाउनुपर्छ। यी उसको रातो रिबन!”

भीड हिस्स पर्‍यो। बूढी खुस्किछन्, एक्लै छाडियो। म सडकपारिबाट हेरिरहेको थिएँ, हेरी नै रहेँ।

“गोपाल उठ्, उठ्” म साँझै सुतेको थिएँ। खाना पाकेपछि उठाउनु भनेकाले रमलाले उठाइन् होला भन्ने सोचेँ। तर आँखा खोल्दा कोठामा फूलमाया थिइन्। उनी क्रूद्ध देखिन्थिन्।

“गोपाल कटकरी मरेकी हो” उनी कड्किन्, “तैँले किन बेपत्ता भनेको? रातो रिबन त तैँले पनि देखेको थिइस्!” उनी झ्ण्डै मलाई लुछ्न आइसकेकी, रमलाले छेकिन्।

त्यसपछि उनी रुन थालिन्, “तैँले गर्दा मैले थालबाहेक केही पाइनँ।”

उनको शरीरबाट दुर्गन्ध आइरहेको थियो। रमलाले कतिखेर बाथरुम लिएर गइन्, मैले थाहा पाइनँ।

फूलमायालाई रमलाले कसोकसो फकाएर सुताइन्।

“तिमीसँग १० लाख छ?” सुत्नेबेलामा रमलाले यसरी सोधिन् मानौं, मेरोबारे केही थाहा छैन।

“छैन”, मैले बहस नगरी सीधा जवाफ फर्काएँ।

“त्यसो भए भोलि बिहानै रोल्पा लाग। कटकरी मारिएको प्रमाणित गरेर आऊ। फूलमायाले १० लाख पाउनै पर्छ।”

“देशका लागि मर्नेको मूल्य १० लाख मात्र हो?” म बोलँ, “देशको हालत हेर, १० लाखका लागि यहाँ एकदिन बाउले छोरा मार्नेछ।”

“तिमीलाई के लाग्छ?” रमला कड्किइन्, “अब पनि कोही सित्तैँमा शहीद हुन्छन्? २००७ साल, २०१७ साल, २०३६ साल, २०४६ सालपछि पनि मान्छेको चेत खुलेन होला त? १० लाख एउटा सिनो हो, हाम्रो समाज गिद्ध। फूलमाया पनि यही समाजमा छिन्। बुझ्ेकाले त लुछेका छन् भने उनले किन छाड्ने?”

म फेरि रोल्पा जाँदैछु।

प्रदीप नेपाल-कारखाना

प्रदीप नेपाल

कारखाना

कुरो काठमाण्डौकै हो । अहिलेसम्म गाउँघरतिर यस्ता काम हुन सकिरहेका छैनन् । यस्तो काम गर्न ज्ञानवुद्धि पनि चाहिन्छ । ज्ञान र वुद्धिको दुरुपयोगको राजधानी पनि काठमाण्डौ नै रहेको छ । होला भोलिका दिनमा यो पूर्वतिरको साँगाभन्ज्याङ र पश्चिमतिरको बाडभन्ज्याङ नाघेर पूर्वपश्चिम पैmलिएला पनि । तर अहिलेसम्म यो कामको नेतृन्व काठमाण्डौ चेतनाले नै गरिरहेको छ ।
यस्तो काम भारततिर अलिक धेरै हुनाले तपाईँलाई यो नेपालको काम होइन कि भन्ने पनि लाग्नसक्छ । तर हामी नेपालीले धेरै कुरा भारतबाटै सिक्दै आएको हुनाले यो काम नेपालकै हो भनेर विश्वास पनि गर्नुपर्छ ।
काठमाण्डौमा एउटा चक्रपथ छ र अर्को अझै फराकिलो चक्रपथ बनाउनु पर्छ भन्ने आवाज पनि उठिरहेको छ । तर दोश्रो चक्रपथले आगन्तुकहरुको भीड बढ्छ र काठमाण्डौको रैथानेपन माथि अतिक्रमण हुन्छ भनेर दोश्रो चक्रपथ निर्माणको विरोध पनि भैरहेको छ ।
अहिलेको चक्रपथ बाहिर अनि पछि बन्ने नबन्ने ठेगान नभएको दोश्रो चक्रपथ भित्र एउटा कारखाना छ । यो कथाको केन्द्रविन्दु त्यही कारखाना हो ।
कारखाना, कारखाना जस्तै छ । कालान्तरमा कारखाना असफल भयो भने त्यसलाई यसो पुछपाछ गरेर त्यसैलाई पार्टी प्यालेस बनाउन सकिने गरी त्यसको सँरचना निर्माण गरिएको छ । नेपालमा औद्योगिक प्रतिष्ठानहरुमा लगातारैजस्तो आँैसीपूर्णे लागिरहने हुनाले कारखाना मालिकले बाहिरबाट हेर्दा अहिलेको कारखाना पछिको पार्टी प्यालेसको परिकल्पना गरेरै चार पर्खाल भित्रको त्यो सँरचना निर्माण गरेजस्तो बुझिन्छ । जस्तापाताको दुइपाखे छानो, एक लात्ति बजाएर हान्दा भत्किइहाल्ला कि जस्तो चार इन्चीको गारो । ससाना गाडी र मिनीट्रक भनिने सामान बोक्ने बाहनहरु सजिलै भित्र छिर्नसक्ने फलामे पाताको ढोका । बाहिरबाट हेर्न नमिल्ने तर बतास भित्र र बाहिर गर्नसक्ने अग्ला ठाउँमा बनाइएका ठूला ठूला प्वालजस्ता लाग्ने झ्यालहरु, चलनचल्तीको निलो रङमा रङ्गाएको छानो र भित्ताहरुले बाहिरबाट हेर्दा शान्त आकासको भ्रम दिने त्यो कारखानाको छेउमै अनामनदी नाम गरेको नाली बगिरहेको थियो । कारखानाबाट निस्कने दुर्गन्धसँग अनामनदी नाम गरेको नालीको दुर्गन्धलाई जित्ने भएको हुनाले कारखानाका मालिक र मजदुरहरुलाई नालीको दुर्गन्ध कस्तो हुन्छ भन्ने थाहा थिएन । त्यसैले तिनीहरु नाली छेउको त्यो कारखानामा रमाएरै बसेका थिए ।
पच्चिस रोपनीमा पैmलिएको त्यो कारखानाको अर्को एउटा राम्रो विशेषता थियो । चार पर्खाल भित्र ठूलो कारखाना भवन मात्र होइन, ठूलो हाकिम बस्ने “मैनेजर्स क्वाटर”, कामदार बस्ने “वर्कर्स क्वाटर”, भातभान्साको काम गर्ने “किचेन”, र तीन छाना भएको कारखानाको प्रयोगशाला भनिएको मध्यमखालको भवन भन्न मिल्ने “ल्यावरोटरी” लेखिएका एक दर्जन भुइँतले घरहरु पनि ओरिपरि छरिएर बसेका थिए ।
बाहिरका मान्छेलाई बिनाप्रयोजन कारखाना परिसरमा छिर्न दिँइदैनथ्यो । हुनत बाहिरका मान्छेले त्यस्तो चासो पनि राख्तैनथे । तर तिनको मनमा एउटा डाहा भने पलाएकै हुन्थ्यो सधैँभरि । कारखाना भित्रका सबै मान्छेहरु सुखी छन्, सन्तुष्ट छन् र टन्न पैसा कमाइरहेका छन् भनेर उनीहरुको मन पोल्थ्यो । तर उनीहरु झ्यालखानजस्तो त्यो कारखानामा थुनिएर काम गर्ने सोचमा पुग्ने मनस्थितिमा भने थिएनन् । कारखाना परिसर बाहिरका मानिसहरु काठमाण्डौका रैथाने भएकै हुनाले पनि उनीहरुलाई चार पर्खाल भित्रको कारखानामा थुनिएर काम गर्न मन नलागेको होला ।
अलिकति पढेलेखेका लागि भने त्यो कारखाना रहस्यमय लाग्थ्यो । त्यो कुनै चामल कारखाना थिएन । त्यो पीठो मील पनि थिएन । त्यसलाई तेल कारखाना पनि भन्न मिल्दैनथ्यो ।
सबैभन्दा सन्देही थियो जगन्नाथ मिश्र । त्यो कारखाना भित्र छिरेर कारखानामा के उत्पादन हुन्छ भनेर पत्ता लगाउने मौका खोजिरहेको थियो । उसको एउटा राम्रै चिनजानको साथी खाद्य निरीक्षकको जागीर खान्थ्यो । उसले आपूmलाई कारखाना भ्रमण गर्न मन लागेको गनगन गरेपछि एकदिन खाद्य निरीक्षक साथीले “हुन्छ, यसो औसर मिलाएर तपार्इँलाई लैजाउँला” भनेर उसलाई औसर पर्खिन अनुरोध गरेको थियो ।
त्यो मौका जु¥यो २०६७ सालको असौज १७ गते ।
कारखाना बाहिरबाट अनुमान गरेभन्दा विशाल थियो ।
जगन्नाथ दाहिनेतिरको कुनामा गयो । त्यहाँ बरफ बनाउने सानो मेशिन थियो । मेशिनको छेउमा एउटा डिब्बामा दुध, अर्को डिब्बामा इनामेल राखिएको थियो । बरफ बनाउने कारखानाका मजदुरहरु दुध र इनामेललाई असीनपसीन भएर घोलिरहेका थिए । इनामेलको लेदो दुधसँग सजिलै मिल्न मान्दो रहेनछ । त्यसैले मजदुरहरुले घरी मालिकलाई त घरी इनामेललाई आमाचकारी गाली गरिरहेको सुनिन्थ्यो ।
“यो बरफ त स्वास्थ्यका लागि हानिकारक पो हुन्छ,” जगन्नाथले आपूmसँगै गएको स्वास्थ्य निरीक्षकसँग गुनासो ग¥यो ।
“यसमा चाहिँ उपभोक्ताको प्रतिरोधात्मक शक्तिको पनि कुरो हुन्छ” स्वास्थ्य निरीक्षकले भन्यो, “काठमाण्डौको प्रदुषित वातावरणमा इनामेलको नकारात्मक असर पराजित हुन्छ भन्ने निष्कर्ष निस्किइसकेको छ । आम उपभोक्ता भन्दा उपत्यकाका उपभोक्ता फरक हुन्छन् । फोहोरमैला, टायरदहन जस्ता विनाशकारी प्रदुषणलाई पचाइसकेका हुनाले उपत्यकाका उपभोक्ताका लागि पातलो दूधमा बाक्लो इनामेल मिसाउँदा मौलिक बाक्लो दुधको स्वाद पाउछन् ।”
“तपाईँले जे भने पनि यो गलत काम हो,” जगन्नाथले आपत्तिको स्वरमा भन्यो ।
स्वास्थ्य निर्देशकले जगन्नाथको आपत्तिसँग कुनै सरोकार राखेन ।
“लेदो मिसिएको जूसको पक्षमा वातावरण बन्छ भने एउटा नाथे जगन्नाथले के लछारीहाल्छ र ! यो कुनै सेलिब्रटी पनि होइन, यसको कुरा कसैले पत्याउँदा पनि पत्याउँदैन” स्वास्थ्य निर्देशकले ढुक्कैको निष्कर्ष निकाल्यो ।
जगन्नाथ केही नबोली अगाडि बढ्यो । अर्को कुनामा चार पाँच बोरामा कालो दाल बोराको मुख खुलै राखेर प्रदर्शन गरिएको थियो । चारै बोराको आडमा कोइला पिसेर बनाएको जस्तो लाग्ने कालो धुलो थियो ।
“यो दाल त जस्ताको तस्तै हुँदा पनि हुन्थ्यो नि !” जगन्नाथले स्वास्थ्य निरीक्षकतिर हेर्दै भन्यो, “दुधमा त इनामेल थप्दा दुधको भोल्युम बढ्छ । तर सादा कालो मासको दालमा यो अहितकर कालो मोसो दल्दा न दालको तौल बढ्छ, न दाना ठूलो भएर मानामा बेच्दा नाफा हुन्छ ।”
“तपाईँलाई थाहै भएन अथवा तपार्इँले खालि एक दाना दालको हिसाब निकालेर यसो भन्नुभयो । पचास किलो दालमा दश किलो कालो धुलो थपेर त्यसलाई पन्ध्र दिन गोदाममा राखिदियो भने त्यो धुलो सजिलै दालमा समाहित हुन्छ । त्यसबाहेक पाकिसकेपछि दालको झोल कालो भयो भने मान्छेको मनले त्यही दाललाई सर्वोत्तम पनि मान्छ । हाम्रो चाहना भनेको उपभोक्ताको मनको सन्तुष्टी पनि हो र यस्तो कालो दालले सम्पूर्ण उपभोक्ताको मनलाई राहत दिन्छ ।”
“यो तपाईँहरुको सोह्रै आना वदमासी हो ।”
“शायद तपाईँ कालो दाल खानु हुन्न होला, नत्र यस्तो टिप्पणी गर्नु नै हुने थिएन ।” स्वास्थ्य निर्देशकको टिप्पणी सुनेर जगन्नाथ छक्क प¥यो ।
बिस्तारै मन विरक्तिन थालेको थियो जगन्नाथको । तर उ थाक्न सकेन । अझै दुई कुना बाँकि थिए सरसामानको भारी भएका । अमिल्चिएको मनको भारी बोकेरै भए पनि उसले ती दुई कुनाको सामाग्रीका बारेमा जानकारी लिनै पथ्र्यो । त्यसैहुनाले उ दाहिनेतिरको तेश्रो कुनातिर लाग्यो । स्वास्थ्य निर्देशक केही नभए जसरी उज्यालो अनुहारले उसलाई साथ दिइरहेको थियो ।
त्यहाँ त बोराका बोरा चाङ लाएर उभ्याइएको थियो । त्यसरी चाङ लगाइएका बोराको मुख भने थुनिएको थियो । तर ती बोराको आडैमा चियापत्तिको थुप्रो पनि टन्नै भएको थियो ।
“यो चियापत्ति किन यसरी असरल्ल पारेर फिँजाउनु भएको हो ?” जगन्नाथले सोध्यो ।
“अहिले यो चियापत्ति यहाँ सुकाइएको छ, रामरी सुकिसकेपछि बोरामा हालिनेछ । नसुकी हाल्दा चियापत्ति कुहुने खतरा हुन्छ ।”
कुरो सामान्य थियो । तै पनि अघिका दुई कुनाको सर्वनाश देखेको जगन्नाथको मनले सुकाइएको चियापत्तिमा अनुसन्धन गर्ने निर्णय ग¥यो । उसले पसारिएको चियापत्तिको छेउमा टुसुक्क बसेर सुकाउँदै गरेको चियापत्ति आफ्नै हातले चलायो ।
“कस्तो चियापत्ति हो यो वास्ना पनि नआउने, च¥याकचुरुक पनि नगर्ने !”
“तपाईँ पनि केही नजान्नेजस्तो गर्नुहुन्छ,” स्वास्थ्य निर्देशकले हियाएको स्वरमा भन्यो, “यो सस्तो चिया हो । एकपल्ट मात्रै प्रयोग गरेको, तारे होटलहरुबाट सङ्कलन गरिएको गुणस्तरीय चियापत्तिलाई हाम्रो नेपालमा बनेको चियापत्तिमा मिसाएर बेचियो भने सस्तोमा सस्तो, मिठोमा मिठो हुन्छ । गरीबले पनि मिठो चिया खान पाउनु पर्छ भन्ने मान्यताका कारण आविष्कार गरिएको चियाका बोराहरु हुन् यी ।”
“तपाईँ खाद्य निरीक्षक । तपाईँको जिम्मेवारी जनतालाई स्वस्थ खाद्यान्न उपलब्ध गराउने हो । जसले अखाद्य पदार्थ बेच्छ त्यसमाथि तपाईँले कारबाही गर्नुपर्ने हो । तपाईँजस्तो जिम्मेवार मान्छेले यस्तो अपराधी कर्मलाई स्वीकृति दिन मिल्छ ?”
जगन्नाथलाई अब यो निरीक्षक बेस्सरी रिसाउला भन्ने लागेको थियो । तर निरीक्षक त मन खोलेर पो हाँस्यो ।
“किन हाँस्नु भो ?” जगन्नाथले सोध्यो ।
“तपार्इँ कुन जुगमा बाँचिरहनु भएको छ भनेर हाँस्न मन लागेको । हिँड्नोस त्यो चौथो कुनामा पनि । त्यहाँ हामी गाइभैँसीको घिउमा जनाबरको बोसो, डाल्डा, चिउरी, पिँडालु मिसाउछौँ । तपाईँको मनमा के छ भन्ने मलाई यो कारखानाभित्र पस्नु अघि नै थाहा थियो । डराउने भए तपाईँले तपाईँले परीक्षण गर्ने कारखाना देखाउनुस् न भन्दा नै म तपाईँलाई टारटुर गरेर पन्छाउने थिएँ । तपाईँ सत्य बुझ्नुहोस् र खराब खान्कीबाट बच्नुहोस् भनेर नै यहाँ ल्याएर मैले सबै छर्लङ्ग पारेर देखाइदिएको हुँ । बुझाइदिएको हुँ ।”
“यो जनता विरुद्धको अपराध हो,” जगन्नाथले अलिक उत्तेजित हुँदै भन्यो, “तपाइँहरु माथि मुद्दा हाल्नु पर्ने हुन्छ ।”
“मुद्दा हालेर के हुन्छ ? कसले तपाईँको कुरो सुन्छ ? झुक्किएर मुद्दा जितिहाल्नु भयो भने पनि के हुन्छ ?”
“अरु केही गर्न नसके पनि एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गरेको ठहरिन्छ ।”
मज्जैले हाँस्यो खाद्य निर्देशक ।
“केटाकेटी हुनुहुन्छ तपाईँ । तपाईँले खाने हरेक कुरामा मिसावट हुन्छ । मिठो मानेर खाने हरिया काँक्राहरुलाई केमिकल हालेर फुलाइएको हुन्छ । स्वाथ्यवर्धक मानिने मरिचमा ढुङ्गा माटो मिसाइएको हुन्छ । महङगो चामलमा सस्तो कनिका मिसाइएको हुन्छ । तोरीको तेलमा अखाद्य तैलपदार्थ मिसाइएको हुन्छ । खुवामा पीठो अनि मिठाइमा स्याक्रेन मिसाउने काम त सामान्य भैसकेको छ ।
खाद्यमा अखाद्य वस्तु मिलाएर नागरिकको जीवनसँग अपराधी खेल खेल्ने स्वास्थ्य निर्देशकको कुरो सुन्दासुन्दै जगन्नाथ लाट्टियो ।

डल्लु, काठमाण्डौ
असौज ०६७
नागार्जुन

जीवन देवान गाउँले- विश्वासको हत्या’

जीवन देवान गाउँले

‘विश्वासको हत्या’

लगेज तयार पारिसक्दा विहानको तीन वजेको थियो । ट्याक्सीलाई फोन गरेर ठेगाना
टिपाएँ ।
सुमन कपडा फेर्दै थियो । मैले भने- ‘सुमन ! जे हुनु भयो आखिर सुमिना तेरै श्रीमती हो । छुट्टिने बेलामा दुईवचन मिठो बोलिदिए त के होला !’
सुमनको अनुहारमा रिसराग देखिन्थेन । अस्पष्ट स्वारमा बोल्यो सुमन – ‘अव ऊ सँग मिठो बोल्नुको औचित्य के रह्यो र ?’
ब्लाङ्केट खुट्टादेखि टाउकोसम्मै छोपेर सुमिना पलङ्गमा पल्टेकी थिईन । सुमन र म भएर सामान प्याक गर्दा पनि सुमिनाले वास्ता गरिन । त्यो त थाहा भएकै कुरो हो कि सुमिना निदाएकी छैन तर भुस निन्द्रामा भएको स्वाङ् गर्दैछे । मेरो मन बोल्यो – ‘नारी हृदय पनि कठोर हुदो रहेछ ।’
हर्न बज्यो । ट्याक्सी आईपुगेछ भन्दै सुमन लगेज सुम्सुम्याउन थाल्यो । कोठाबाट निस्कने बेला मैले भने – ‘सुमन ! सुमिनालाई गएँ भन्दैनौ ?’
‘सुमिना ! यो परदेश हो आफ्नो ख्याल राख्नु । ल म गएँ ।’- ढोकाबाट निस्कदा
निस्कदै सुमनले यति भन्यो र ढोका ढप्काईदियो ।
एक वचन बोलिन सुमिना । शायद सुमनको उपस्थितिमा सुमिना निस्सासिएकी हुन
सक्छ ! नत्र जबरजस्ती श्वास दवाएर निदाएजस्तो गर्नुको के अर्थ ?
हामी बसेपछि ट्याक्सी गुड्न थाल्यो । सुमिनाले चाल मारेर चियाई होली ! म
अड्कल काट्छु । अनुमान लगाउछु – हामी हिडेको पक्का भएपछि खुल्ला आकाशको अनुभुित मिश्रित सन्तोषको लामो श्वास फेरिहोली जो बलजफ्ती थुनेर राखेकी थिई ।
गुड्न थालेको केहिछिनमै ट्याक्सीले हाईवेको गति पकड्यो । पछाडिको सीटमा सुमन
एक्लै थियो । म ड्राईभरको छेउमा बसेको थिए । एकसय बीस कि.मि. प्रतिघण्टाको वेगमा
निक्लेको आवाज वाहेक ट्याक्सीभित्रको वातावरण एकदम शुन्य थियो । चालु ट्याक्सी भन्दापनि तेज गतिमा शुन्यतालाई चिर्दै कर्कस आवाज गुञ्जयमान भयो – ‘वेश्या ! धोकेवाज आईमाई ।’
आवाजसँगै पछाडि फर्केर हेरे । अस्पष्ट स्वरमा सुमन अरु के – के गुनगुनाउदै थियो
। के भयो ? भन्ने ड्राईभरको प्रश्न नजर म माथी पर्यो । मैले पनि साङकेतिक उत्तर नै दिए ‘खै थाहा भएन ।’
अलकत्रे सडकलाई जाग्राम राख्न जडान गरिएको विजुलीवत्तिको मधुरो प्रकाश
ट्याक्सीको सिसालई बलात्कार गर्दै हामीसम्म अलिअलि परेथ्यो । त्यही उज्यालोमा मैले देखे सुमनका धमिलिएका अनुहारबीच सजल दुई आँखा । लाग्यो सुमनको क्रोध आँधी – तुफान बीचको आर्तनाद हुनुपर्छ । जो सुमनले थाम्दाथाम्दै पनि चट्याङ बनेर फुस्क्यो, रुद्रघण्टीले पनि छेक्न सकेन । ढडस दिनलाई म सँग बाँकी शब्द थिएन । जे जति थिए ती सबैको तारतम्य मिलाएर पहिला धेरै पटक सम्झाउने कोसिस गरेथे । स्पष्ट थियो – उकुसमुकुसको दहमा डुबेको सुमन वर्षाको खहरेजस्तै गड्गडाउदै उर्लिन चाहन्छ । त्यो स्थीतिमा तारजाली हालेर पनि रोक्न नसकिने भेललाई सान्त्वनाको काँचो ईटाले पर्खाल हालेर छेक्न खोज्नु बुद्धिमता कम मुर्ख बढि जस्तो लाग्यो मलाई र मौनता साँध्नमै वेश ठाने ।
मेरो आँखामा त्यो दिनको झल्को झल्कियो । जुन दिन ठीक उस्तै समय तर विलोम
वातावरणबीचको रोमन्चकतामा एयरपोर्टतिर हुईकिदै थियौ । सुमिना आगमन हुने दिनको
उडान निश्चित भएदेखि नै सुमन औधि पुकलित भएको थियो । यहाँसम्म कि म कचल्टिएको निन्द्राले आँखा पोलेर खपिनसक्नु भएर ट्याक्सीभित्र निदाउन खोज्दा पनि सुमन मलाई धर दिदैनथ्यो । पछाडिबाट कहिले कपाल तान्ने कहिले कान तान्ने गथ्र्यो भने त्यतिबेलाको मेरो क्रोधलाई ऊ हाँसीमजाकको प्यालामा घोलेर आनन्दको घुट्को पिउँदथ्यो । अझ आगमन कक्षमा भेटहुन साथ पश्चिमे शैलीमा उनीहरुले साटासाट गरेको आत्मीयताको दृश्य सम्झिदा अझै पनि मलाई लाज लाग्छ । सम्भवत ः त्यतिबेला मेरो ठम्याई यस्तो रह्यो – ‘प्रेमको तरलतामा डुबेर विवाहमा परिणत भएको सम्वन्धले उनिहरुबीचको सानिध्य चिरकालसम्म पनि रसमय हुनेछ ।’
मेरो यो ठम्याई सिर्फ यही कारणले मात्र बलियो हैन यो सुमनले मसँग हृदय खोल्दाको सानो उदाहरण मात्र थियो । सुमन भन्ने गथ्र्यो ः- ‘सुमिना विनाको ऊ काठको मुढासमान हो रे जहाँ जीवन नै हुदैन ।’
‘जल्नु अनि जल्नु र जल्नु अन्तत ः सिद्धिनु’ बिना जीवनको नियती । यही नियती भोग्न सुमिनाको यादलाई नशामा घोलेर सुमन रित्तो बोतल र शीशीहरुका चाङ लगाउदै सम्झनाको अथाह सागरमा डुबुल्की हाल्थ्यो । सुमिनाको कल्पनामा जीवन खोज्न सुमन धुँवामा कति हराउथ्यो भन्ने त एस्ट्रेभरि चुरोटको ठूटोको रास देखेपछि थाहा हुन्थ्यो । साच्चि नै सुमिनाको वियोगमा सुमन यति तड्पिन्थ्यो कि उस्तै मान्छेलाई माया – प्रेमप्रति वितृष्णा पैदा हुन सक्थ्यो । कति चोटी त मैले नै साथ दिएको छु सुमनलाई तालमा ताल मिलाउन । यस्तो कि्रयाले सुमनलाई सन्तोषको एउटा उत्कर्षमा त पुर्याउँथ्यो होला तर असलमा म उसको वर्वादी देख्थे । एउटा सही मित्र भासको दलदलमा फसेर छट्पटिदा म रमिते मात्र हुन सक्दिनथे र नै मैले सुमिनालाई पनि आफूजस्तै विद्यार्थी भिषामा बोलाउन सुझाएको थिए । मेरो सुझाउ यस अर्थमा पनि सान्र्दभिक थियो कि मलेसियामा विद्यार्थी भिषा बनाउनलाई त्यति ठुलो कसरत गर्नु पर्दैनथ्र्यो र सुमनमा जीवन भर्न सक्ने सुमिना जो थिई ।
सुमिना मलेसिया प्रवेशपछिका सुमनका दिनहरु यस्तो थियो – दिनमा ठाँटिएर लोग्नेस्वास्नी कलेज जानु, बँचेको समय सुमिनालाई नयाँ ठाउँ घुमाउनु, चिनाउनु र रात्रीको
समय डिउटी जानु । अर्थात सोझो अर्थमा भन्दा सुमनको ब्यस्तता सुमिनाकै वृतिमा केन्द्रीत
थियो ।
अभावमा केवल स्मृतिलाई मस्तिष्कमा भण्डारण गरेर त एकोहोरिन सक्ने मान्छे जव
सुमिनाको अंगालोमा बेरिन पुग्यो सुमनको आँखामा पर्दा लाग्यो र उसले सुमिनाबाहेक अरु
कसैलाई देखेन । सुमनको परिवर्तित ब्यवहारको बाछिटाले नराम्ररी छ्याप्यो मलाई पनि । अिन
जीवनसाथी र साथीबीचको सम्बन्ध बोध भयो मलाई । मैले मात्रै एकतर्फी मित्रताको जलप
लाएर सुमनको निकटतामा टाँसिन चाहिन । त्यसपछि सुमन र म बीचको मित्रताको दुरी
लम्बियो ।
दिनहरु वित्नेक्रमसँगै मलाई लाग्यो जीवनसाथीको विकल्प नै छैन होला । शायद
जीवनसाथी साथमा भएको दिन मेरो ब्यवहार पनि दुरुस्तै सुमनको जस्तै होला तव मलाईमहसुस होला त्यो पतिस्थितिको । यस्तै ठानी ‘कोतारायाको भिडबाट शुरु भएको हाम्रो मित्रता कोतारायाकै भिडमा बिसर्जन भयो’ भनेर मन बुझाँए ।
तर चार महिनापछि अकास्मत सुमनले फोन गर्यो मलाई र भेट्न आग्रह गर्यो ।
सुमनको भेट्ने आग्रहलाई म ठाडै ईन्कार गर्न सक्थे तर मृत्युपराजित आत्माबाट फुस्कने
आवाजजस्तो बोलाईले गर्दा नाई भन्न सकिन । सुमनको बोलीमा प्रष्ट थियो – ‘ऊ आपतको भूमरीमा छ ।’
सन्ध्या खस्ने बेलामा म सुमनलाई भेट्न भनेर निस्के । मैले ठानेको थिए सुमनले
आफ्नै कोठामा लान्छ होला । तर सिधै बारमा लिएर गयो मेरो अनुमान विपरित । अक्कल -झुक्कल बाहेक उतिसारो नछुट्टिने जोडीबाट उछिट्टिएको एक्लो सुमनलाई देख्दा आश्चार्य लाग्यो र सोधे – ‘सुमिना खै त ?’
‘कोठामै होला ।’ सुमनको जवाफमा सुमिनाप्रतिको लापरवाही प्रष्टिन्थ्यो ।
मैले हाम्रो विगतलाई कोट्याउदै भने – ‘सुमन पहिला पो सुमिनाको विकल्पमा
रक्सि पिउथिस् तर अहिले तँसँग तेरी सुमिना छे फेरी नशाको सहायता किन लिनुपर्यो ?
मित्रको जरुरत किन ?
पुष-माघको हुस्सुमा डुबेको तराईजस्तो अनुहारले आफ्ना गल्ति सकार्यो र खलातीको हावाले आरनमा गोल निलेर फलाम गाले जसरी मेरो मन पगालेर सुमन बाल्यो – ‘आईमाईलाई काँधमा बोक्यो भने पुर्पुरोमा दिसा गरिदिदोरहेछ । मेरो भाग्य !’ धारे हत्केलाले निधार ठटायो र रक्सिको प्याला स्वाट्ट पार्यो ।
गाईगुई हल्ला सुनेको थिएँ सुमिनाको लसपस एक बंगाली केटोसँग छ रे शायद यही
हल्लाले सुमनको कानमा बतास लागेको हुनुपर्छ । मनमा शंकाको सिरेटो पस्यो र सोधे – ‘तेरो ईसारा कतै सुमिनापट्टि त हैन ?’
‘हो म त्यही विडम्वनाको पात्र हुँ ।’ सुमनले रक्सि प्यालामा खन्याउदै भन्यो ।
‘यदि म गलत छुईन भने हावा कुराको लहैलहैमा लागेर तैले भड्काव मनस्थिति बनाउनु हुन्न । यस्तो सोच्नु मात्रै पनि अग्निसाक्षी राखेर अपनाएको जीवन संगीनीमाथीको पाप हो । विश्वासको हत्या हो । भरोसाको मृत्यु हो ।’
म अलि कड्किएछु । अर्को प्याला पनि स्वाँट्ट पारेपछि सुमनभित्रको गुम्सिएको ठोस रक्सिको तरलतामा घुलिएछ क्यारे, ऊ बग्न थाल्यो । भन्दै थियो – ‘म पनि तैले जस्तो सोचाई बनाएर हल्लालाई बेवास्ता गर्दै थिए तर जब हल्लाले मेरो कान भरियो सुमिनाको ब्यवहारमा पनि परिवर्तन आभाष हुन थाल्यो । त्यसपछि सुमिनाको विश्वासमाथी म भित्र शंकाको विजारोपण भयो ।’
शंकालाई पूर्णता दिने सुमिनाको ब्यवहारिक आधार कोट्याउदै सुमन बोल्यो – ‘सधै
झै रात्री डिउटी सकेर म कोठामा फर्किदा सुमिना सुति राखेकी थिई । अरुबेला म कोठामा
पस्नसाथ शरीरमा स्फुर्ति आँउछ भन्दै तात्तातो कफि पिउन दिन्थी र मायालु अंगालोमा कस्दै मलाई फ्रेस बनाउन खोज्थी । यतिविघ्न मेरो ख्याल गर्ने मान्छे एक्कासी ओछ्यान
पर्दा मुटु चर्कियो । म धेरै डराएछु आत्तालिएछु र सुमिनालाई अंगालो हाल्न पुगेछु । त्यसबेला पो सुमिना बिउँझिछे र भनि – ‘नचल्नु न यहाँ आफ्नो निन्द्रै पुगेको छैन ।’
के के नै भयो होला भनेर अत्तालिएको सुमनलाई उल्टै सुमिनाले रुखो बचन गरेर नुन छर्किछे । त्यसपछि सँधै शरीर थाक्नु र निन्द्रा नपुग्नुले सुमिनामा निरन्तरता पाईरहयो भने सुमनको लागि शंका गर्न यही कि्रयाकलाप काफी भयो ।
सुमनले अप्रत्याशित घट्नाको घैला फुटाउदै भन्यो – ‘आफ्नो प्यारलाई कोठामा एक्लो छोडेर डिउटीको रात जागै कटाउनुपर्दा मलाई एकरात बिताउन एक जुग विताउनु परेको जस्तो हुन्थ्यो । तर त्यही रात सुमिनाको लागि एकबिताको जस्तो हुन्थेछ । मलाई रातभरिको डिउटीको अनिदोले गलाउँथ्यो तर सुमिना थाकेर लोत छु भन्थिन् । कोठामा एक्लै छाडेको सुमिना थाकेर लोतै हुने गरि के गर्थिन खै ! सुमिनाको यस्तो ब्यवहारबाट म आजित भैसकेको थिए । तैपनि उसको विश्वासमा म भित्र शंकाको छाल चल्न थालिसकेको छ भन्ने अनुभुति गराउनलाई भने – सुमिना ! तिमीलाई यो हालतमा छाडेर म साचले काम गर्न सक्दिन । त्यसैले अव म काम छोडिदिन्छु ।’
मेरो काम छाड्ने कुराले सुमिना हड्बडाई र भनि – ‘काम किन छोड्नु पर्यो ? तपाईले काम छाडेपछि कोठाभाडा के ले तिर्ने ? खाने के ? फेरी मलाई त्यस्तो के भाको छ र ?’
‘तिमी आफैमा यत्रोविधि भैसक्दा पनि तिमी आफैलाई थाहा नहुनु तिमी समान छ तर म अव थाके । बस्नै परे भोकै बसुँला तर एक दुई तीन म कामचाँहि गर्दिन बरु नेपाल नै
फर्कौला ।’
मेरो नेपाल जाने कुराले सुमिना च्याँठिदै बोली – ‘म मा पनि पोरख गरेर खाने तागत छ । तपाईले काम नगर्दैमा मेरो पेट भोको हुदैन, तपाई फर्के फर्कनु तर एक दुई तीन
म नेपाल फर्कन्न ।’
सुमिनाको यस्तो फुर्तिले मलाई झन स-शंकित बनायो । त्यसपछि नेपथ्यमा मञ्चन
हुने नाटकको पर्दा उघार्न सुमिनाको चियोचर्चो गर्न थाले । यही क्रममा एक दिन साविक झै
सुमिनालाई कोठामा छोडेर डिउटी जान भनेर निक्ले । म कोठाबाट हिडेको त्यस्तै पौने
घण्टापछि मोवाईलमा कुरा गर्दै बंगाली केटो मेरो कोठातिर पस्यो । त्यो बंगाली केटो त्यही
थियो जोसँग सुमिनाको नाम जोडिएको थियो । मैले यी सब मेरो कोठाभन्दा केहीपरको
कफिसपबाट हेरिरहेको थिए । ऊ पसेको आधाघण्टासम्म पनि नबाहिरिएपछि म नै कोठातिर
अघि बढे । जब म कोठाको ढोकामा पुगे कामकेलिको घम्साघम्सीमा हारजीत हुनेबेलाको
रतिकुजित मेरो कानमा पर्यो । त्यसपछि …।
सुमनले यसो भनिरहदा सुमिना एक पराकिया आईमाई भईसकिछे भन्ने पुष्टी हुन्थ्यो ।
जसलाई आफ्नो मुटुको टुक्रा मानेर हृदयभित्र राखिन्छ उ नै लुठी आईमाई बनेर
विश्वासमाथि छुरी चलाउछे भने त्यो भन्दा ठुलो आघात अरु के होला ? त्यही नियतीको
शिकार भयो सुमन ।
यो त राम्रो भयो कि सुमिनाको हर्कतको प्रत्यक्षी सुमन आफै भयो । नत्र समाजमा
सुमनको बलात्कार बाराम्बार भईरहन्थ्यो । अक्सर यस्तो खाले करतुतको परिणतीमा सुमिनाले मृत्यु बेहोर्नुपथ्र्यो जुन सम्भावित पनि थियो । यदि सुमनको ठाउँमा अरु कोही भैदिएको भए ! जसले क्षणिक आवेसमा होस गुमाउन सक्थ्यो । तर सुमन जस्तो लाग्ने पाउनु नै सुमिनाको भाग्य भयो ।
आफ्नै जिन्दगीले स्वयं जीवनमाथि तुषारापात गर्दा पनि सुमनमा संयमता नटुट्नु
विशाल हृदयको नमुना हो । सुमिनामा आफूले गरेको गल्तीको महसुस आफै होस् भन्ने
मनशायले साक्षत घट्नाको भण्डाफोर सुमनले गरेन कहिल्यै । तर साध्वीको पगरी ओढेर
आफूभित्र उब्जिने यौनकुण्ठालाई दबाएर राख्नु हुन्न भन्ने मानसिकताको उपज थिई सुमिना । स्वतन्त्र रुपमा यौन तृष्णा तृप्ती गर्नलाई सुमिना आफ्नो नैसर्गिक अधिकार ठान्थी । अन्तत ःटुक्राटुक्रा भयो ।
ड्राईभरले घच्याक्क ब्रेक हानेपछि तत्काललाई मेरो पुनरावृतिको पर्दा खस्यो । ट्याक्सी
क्वालालम्पुर अन्तराष्ट्रिय एयरपोर्ट अगाडि रोकिएको थियो । म ट्याक्सीबाट उत्रेर ट्रलिमा लगेज हाल्न थाले । सुमनले भाडा दिएपछि हामी प्रस्थान कक्षतिर लाग्यौ । हिड्दा हिड्दै सुमनले मलाई भन्यो – ‘तलाई लागेको होला की म एक्लो फर्केको देखेर समाजले सुमिनाको बारेमा सोधीखोजी गर्ने चुनौतीको सामना गर्नुपर्नेछ । म पनि पहिला पहिला अरुको यस्तो मनोदशा देखेर तसर्िन्थे । तर के गर्ने आफैमाथि खनिएपछि बेहोर्नुपर्दो रहेछ । खैर ! केही छैन परिस्थितिले सासै फेर्न नहुनेगरी अठ्याएर र्याख्र्याख्ती पारेछ भने त्यतिबेला मेरो परिवारमा नै दाग लाग्ने सुमिनाको ककर्मको भेद खोल्ने साहस जुटाउँला ।’
तथ्य त त्यो हो कि आज नभए भोली अर्थात एक न एक दिन सुमनले सत्यसँग
साक्षात्कार गर्नु नै पर्नेछ । त के जुन समाजको गवाहीमा सिन्दुर पोते पहिर्याई दिएको
अर्धाङ्गिनी परपरुषसँग सहवास गर्दै गरेको आफ्नै आँखाले देखेको तथ्य त्यही समाजलाई भन्नु सुमनको लागि सहज होला ? तर सत्य त्यही थियो ।
जीवनदान पाउने विश्वास भएको जीवनसंगीनीबाट मृत्यु उपहार लिएर सुमन त्यही
काठको मुढाजस्तै विनाजीवन मुलुक फर्कदै थियो । आफ्नै जीवनबाट पराभूत भएको आत्माले विदाईको हात हल्लाउदै सुमन हवाईजहाज चढ्ने यात्रुहरुको हुलमा मिसियो । आत्माघाती प्रेमको भोगाई बेहोर्ने पात्रलाई मैले पनि विदाईको हात हल्लाई दिए डेक नचली ।

समाप्त
बोधे – ९ धनकुटा
हाल – मलेसिया

यात्रा गुरुङ- कालिदास-टेरेस टेरेस!

यात्रा गुरुङ

कालिदास-टेरेस
टेरेस!

विश्व युद्दाको झल्को मलाई दिलाईरहेको छ बेला-बेलामा देशको गृहयुद्दले यद्दपी गृहयुद्द अलि पर पुगिसके । टेरेस!तिमी जिवित टेरेस बन्न कटिबद्द छौ,टेरेसको मार्ग समाल्नु भएकोमा सफलताको कामना ।हृदयको पानबाट नमेटिने अक्षरहरुमा “मदर टेरेस र फ्लोरेन्स नाइटुङ्ला “हुन ।यि शब्द भित्रको रसमा म हराउँछु,शब्दयिक अर्थ खोज्छु बृहद शब्दकोष झै फेला पर्छु । यि दुई महान नायिक मेरो हृदयमा मात्र नभएर विश्व इतिहासमा मानव जगतको परोपोकारीकी हस्ती हुन्,विश्व युद्दको घइतेहरुको मलाम हुन ,ममताकी देवी हुन , वा,निस्वर्थ स्वयसेविक हुन ।टेरेस तिमीले मलाई कुनै यात्री भनेर चिन्दा हुन्छ्,वा महमुर्खा भनेर चिन्दा फरक पर्दैन ।म १० बर्षे गृहयुद्दमा पसेको एकल यात्री हुन ,भलुभङ्,बेनि,जिरी घटना मेरै आगडी दृश्य घटना हुन ,जहाँ मानवताको भाव थिएन्,बमले नि:सङ्कोच पहाडलाई थरकाईरहेको थियो,मानवले मानवको छातिमा गोली बर्षैइ रहेको थियो,अशान्तिले शान्तिलाई लखेटिरहेको थियो उफ !मेरो यात्रामा उफ! मेरो देशमा !बम,बरुद र यम्बसले मानवको नास गरिरहेको थियो,लाग्थ्यो मानव अब मानबकै विनाश तिर लाग्यो ।आमाको आगडी छोरा डलेको दृश्य,आनन्दको संसरमा(घर)आगोको मुस्लो दन्किरहेको दृश्य ,बचाउँ!बचाउँ!!आवाजमा मैले मदर टेरेसालाई पुकारे,फ्लोरेङ्सलाई सम्झे,सायद तिमीलाई पुकाथ्थे होला तर मैले तिमीलाई चिनेको भर्खरै ३-४महिन जती मात्र भयो होइन र ?

महिन मानव भुगोल र मानव संरचनाको भु-बनोटबाट आज एउटा टेरेस उदयमान भए झै लाग्यो युद्दबाट थकित पाईलाहरु आज तिमीसंग बाँडन पाउँदा कत-कता आनन्दको से-फोक्सुन्डो र रारा यात्रा गरे झै लाग्यो ।यद्दपी तिमीले मलाई चिन्दैनो,मैले तिमीलाई चिन्दैनो,वंश! भाबनाको न्युट्रोनहरु ई-संसारको तारमा साटी रहेको छौ,कुनै दिन तिमीले मलाई चिनेछ,मैले तिमीलाई चिनेछ,त्यो दिन समाजले एकतर्फिले खुशीको ताली बाजाउँने छ,एकतर्फिले गालीको थपडी मर्ने छ यो निश्चित छ ।म तिमीलाई किन ढाँटु ?म एक मुर्ख कालिदास हुँ ,बाँदु पनि ,विद्दोतम जस्तो विद्दोषिबाट आपहेलित भई “काली “शरणमा पुगी जिवनलाई दास बनाएको कालीको भक्त पनि हुँ म ।हो!हाँगमा बसेर फेदा कटने मुर्ख कालीदास हुँ म

टेरेस!आज तिमीबाट आनन्दको गांग हृदयमा बगिरहेको अनुभुती भईरहेको छ मलाई,तिम्रो बोलाई,मुस्काई,हिडाई सर्वश्च लाग्न थलेको छ ,किन हो कुन्नी ?मलाई नै थाहा छैन्,मैले आफुले आफुसंग सोधे प्रतिउतर पाएन ।साँची टेरेस! तिम्रो मधुरो आवाज घना जंगलको कर्ण प्रिय चरिको आवाज झै मुटुमा कम्पित भएर संगितको धुनमा झङ्कृती हुन्छ आँखा आफै तिम्रो स्वरको सतहमा पुग्छ सरस्वती को बिणको धुनमा रुपान्तृत हुन्छ जबा तिम्रो बोली शुन्यता हुँदै जान्छ,मेरो नयन बिस्तारै खुल्छु,त्यती बेला मेरो आंखा आगडी मनमोहक सुन्दर गुलाफ फकृरहेको देख्छु,कुनै खोट छैन त्यो गुलाफ तिमी नै हो टेरेस ,मेरो दृश्यवाली तिमी नै हो टेरेस । तिमीबाट जुन आनन्द पाउँछु त्यो आनन्द सयाद यो ब्रहामन्डमा बिरलै होला ।तिमी प्रकृती झै लाग्छ ,विहानी उषाको ज्योती लिएर चाँदिको मोती झै टल्किछै हिमालमा साँझमा आस्ताउँछौ पनि,घरी पुर्णिमाको जुन झै शितल भएर आकाशमा उदाएर ताराहरु संग खेल्छौ,बसन्त ऋतुको पालुवामा उमृन्छौ झै लाग्छ ।साँची म ति पालुवाहरुसंग ,ति जुन र तारासंग रम्दा र खेल्दा म आफुलाई भुल्छु ।टेरेस! तिमी प्रकृतिको अप्सार हो,ईश्वरको वारदान हो,तिम्रा केशाहरुमा सुन फुलको सुगन्धा छ,तिम्रा केश फिजाउदा केशाबाट उत्पन्न मोतिका कर्णहरुबाट सत्तरङी ईन्द्र्णी देख्छु,मान्छे हरु पानी पर्दा र घाम लागेको मिश्रणबाट ईन्द्रेणिमा रम्छन म तिम्रै केशहरुमा ईन्द्रेणी देखी रहेको छु ,तिम्रै केशमा रन्मी रहेको छु ।तिम्रो सिउदो “तुक्सुस” पात झै समान्तार ।साँची टेरेस! तिमी झर्नबाट झरेको थोपा हुन ,पहाडी कल -कल बाग्ने खोली हुन ,जहाँ हेर्दा सतह स्पस्टले देखिन्छ ऐनामा अनुहार हेरे झै आफ्नो आकृती प्रस्ट देखिन्छ ति कल-कल बाग्ने खोलामा कती कन्चन!कती निश्चल !!मैले ३ दिन रात प्रकृतिका अनुपामको सौन्दयको जादुमा रमे,आकाश तिर आँखा टोल्याउछु,ताराहरु तिप्-तिप चम्किरहेको हुन्थे,चराको करुणिक आवाज पर-परा माधुर्यता मस्त हुन्थे,मेरो आगडी जुनकिनी तिप्-तिप भएर उडिरहेको हुन्थे,कस्तो बिचित्रको संसार !कती आनन्दाको संसार !म सपनाको संसार हुन्थे,चरचुरुङिको आवाजले ,खोलाको झन्कारले ,विहानिको शिताल हावाले मलाई उठउन्थे ।म उठ्थे,मेरो आँखा सेतम्या हिमालमा पुग्थे,म हिमालको आलौकिक दृश्यामा भुल्थे,बिस्तरै सुर्यको उषाको किरणले हिमाललाई स्पर्स गर्थे,त्यहाँ आलौकिक दृश्य देख्थे मानबा दुनियाँले ‘सन रंईस’ भन्दो हो ।हिमाल र सुर्यको किरणबाट उत्पन्न दृश्यले मलाई अनन्दित तुल्यायो ।त्यो विहानी तेस्रो विहानी थियो,वा अन्तिम विहानी थियो अथवा,तीन रातको आन्तिमा विहानी थियो ।मैले एक्लाईले तीन रात बिताए,त्यो रातहरु मेरो खोज थियो,त्यो जंगल यात्रा मेरो अनुसान्धन थियो आखिर बध्यात र कठोर जो भए पनि म सफल भए मेरो खोज र अनुसान्धनमा ।वास्ताम,त्यो ३ दिने यात्रा तिमी र प्राकृती बिचाको तुलात्मक खोज थियो हो,आखिर प्राकृतिबाट तिम्रो सबै गुण पाएँ,तिम्रो आवाज ,तिम्र मृगनयन ,झर्न सारी झरेको केश पाएं,तिम्रा मुस्कान सबै पाएँ ।यो मेरो यात्रालाई “टेरेस दृश्यवाली ” नामकारण गरेको छु, शयाद भबिश्यामा मैले पादयात्री रुपमा लाईजाने सोच बनाई रहेको छ ।यहाँ आउने पर्यटक थाह होस कि तिम्रो आवाज हरु,तिम्रो रुपहरु .. सयाद तिमीलाई प्रेम नगरेको भएं यि दृश्यबाट बन्चित हुने रहेछ म !३ दिन रातको बसाई पछी फर्कने क्रम वन भरी लाली गुराँस,चापँ चिलाले वनै राक्तम्या र सेतम्या देखिन्थ्यो ,गुराँसलाई हत्केलामा सजाउन खोजे,चाँपलाई शिरम सजाउन खोजे तर सजाउन सकेन ,यदी मेरो हातले स्पर्स गर्‍यो भने कालो दाग लाग्न सक्छ,सुन्दारतामा असुन्दारतले छाउने त्यो कुरा सत्यता थियो ।बश! मन भरी सजाएँ,आँखा भरी सजाएँ ।टेरेस!आउने बेलामा गुराँसको थुङालाई तिम्रो शिरमा सजाउनका लागि टिप्न लाग्दा,एक मनले सम्झाई हल्यो,फुल ओइलिएर जान्छ वास्तविक फुलको सौन्दर्या टेरेस देख्न सक्दैन त्यसैले फुललाई रम्न देउ जंगलमैम,फुल्न देउ जंगलमैमा ति फुलहरुलाई ….. ।

एक रात आमाको काखमा बिताएँ,भोली पल्टै शहरतिरै दौडियो ।आमा भन्नु हुन्थ्यो-”छोरा !२-३ दिन बसेर त जह ” ।के काम छ तेरो ?”म कस्लाई पन्छाई रहेको छु”मैले भाबुक रुपमा प्रस्तुत गरे ,”के तिमी पागल त भएको छैनो ?”आमाको झर्को स्वारमा मैले नम्ररता अपानाएँ “हो आमा! कस्सैको मायामा पागल भएको छु,हरतर्फ उसलाई खोजी रहन्छयो मन ले,तपाईं किन ढाँटु म,किन वनमा घुम्न गएँ,शयाद तपाइलाई थाहा छैन ,उस्कै खोजिमा वन गएको थियो ,पाए पनि ।”के म तिम्रो राजकुमारी नाम जान्न सक्छु” ?भलदमी पर प्रश्न गर्‍यो । मैले फुस्काई हल्ले”टेरेस” ।भावुकतामा मैले प्रथाम पटक मेरो आमाको आँखमा आँशु देखे,त्यो प्रेमको आँशु थियो,आमाले मप्रती गरेको प्रेम,मैले तिमी प्रती गरेको प्रेम आँशु थियो टेरेस अथाव तृकोणत्माक प्रेमको आँशु थियो ।एक छिन पछी आमाले सोधे:-”के तिम्रो टेरेसलाई मेरो आँखले देख्छु” ? आमा हजुर पनि!मैले जबाफ अन्तै मोडे ।टेरेस! त्यो क्षण आमासंग छुटिने बेलाको थियो ।तिमी प्रती मेरो आमाको आँखामा प्रेमको आँशु थियो,त्यो आँशुलाई पछौरी पुछ्दै थियो,म आमाबाट बिदा भएँ,वनबाट शहर म तिमी खोज्न हिडे ।

म शहरको कोलहलमा छु ।वनको शान्त र शहरको कोलहलमा बिचामा तिमीलाई उभ्याउदैछु तर ति कोलहलामा मैले तिमीलाई पाउन सकेन,ती भिडाभडामा तिम्रो आवाज सुन्न सकेन ,तिम्रो आकृती भेट्न सकेन्,लागि रहेको छ मेरो दास्रो अनुसान्धन फलदायक देखिरहेको छैन ,म शहरको कुन कुनमा तिमीलाई खोजिरहे ।म भिडबाट उछिटिए,एउटा गल्ली तिर लागे ।म टक्क रोकिए,आर्ट क्यालरिमा ।म आर्ट क्यालरी भित्र पसे,चित्र सबै कलत्माक थियो ।पर कुनमा चित्रकार पेन्टिङ गरेको देखे म त्यतै झुमिए ।पेन्टिङ गरेको चित्र कलत्माक थियो ।म उसको समु उभिरहे,म बोले-”क्षमा गर्नु होला,म तपाईंले पेन्टिङ गरेको चित्रमा केहि बोल्न सक्छु” ?अबश्य!मन्दा आवाजमा जवाफ फर्कयो ।तपाइले पेन्टिङ गरेको चित्रको शिर्षक ?मैले प्रश्न गरे ।”टेरेस” उस्ले जवाफ दिईहाल्यो ।”टेरेस” मानबा जगतको परोपोकारी हुन ,ममतको खानी ..।चित्रकारले उस्को तर्फबाट टेरेस गुन गाएँ ।म यो चित्रलाई…..! म आड्किए ।मैले तपाईंको कुरालाई बुझ्न सकेन नि,चित्रकारले मलाई सोध्यो ।मेरो अर्थ, म चित्र प्रती सौखिन ब्यक्ती हुन,तर न मसंग रंङको ज्ञान छ्,न ब्रासको ।यो चित्रमा मेरो जिवनको अर्थ लुकेको छ,यो चित्रमा मेरो जिवन छ ।फेरी चित्रकारले मलाई सोध्यो:-तपाईंको कुरालाई बुझ्न सकेन नि ?चित्रकार महाशय!म जिवित टेरेसलाई प्रेम गर्छु मेरो आशाय यो हो कि,तपाइको यो चित्रलाई म खारिद गर्न सक्छु ?अबश्य!खरिदा गर्न सक्छ ।तपाईंको प्रेम प्रती मेरो सानो सहनुभुती ।अहँ साँचि!तपाईंको नाम ?कालीदास । तपाईंलाई धन्यबाद किन कि मैले शहरबाट टेरेस पाएँ ।

म चित्रलाई लिएर आर्ट क्यालारी बाट बहिरा निस्किएँ ।टेरेस !त्यो आर्ट क्यालरिबाट प्रमाणित भयो कि म जस्तै करोडौले माया गर्ने रहेछ तिमीलाई यो ब्रमान्डममा ।यो चित्र लिएर म कोठमा आएँ,रात भरी त्यो चित्रमा घुलिरहे,हातले कहिले केशम,कहिले ओठमा स्पर्स गर्दा मलाई छुटै आनन्दले उचली रहेको हुन्थ्यो ।अर्को कुरा,मैले त्यो चित्रलाई तिम्रो जन्म दिनमा उपहार स्वरुप दिउँला भनेर सोचेको थियो तर समय अर्कै भैइ दियो तिमी अध्यानको शिलशिलमा नेपाल बहिरी सकेछ,मैले भागवनलाई पुकारे,मनलाई सम्हाले भेट्ने सानो झिनो आशाभित्र अल्झिरहे ।

टेरेस!आर्ट क्यालरिबाट ल्याएको चित्रलाई जातनले राखेको छु,मेरो दृदयको दराज थन्काएर राखेको छु,भागवनले हात दिए,समयले साथ दिएँ कुनै दिन यो चित्र लिएर तिम्रो जन्म दिन उपस्थित हुने छु
उहि तिम्रो साथी
कालिदास ।

म मोनिङ वार्क गरेर स्टेशानरी पस्दा स्थानिय पत्रीका “सुनौलो किरण” दैनिकी ले टेरेसको बारेको मुख्य पेजामा छापेको थियो । वास्ताम त्यो लेखा र समाचार नभई एउटा आत्मा कथा र प्रेम पत्र जस्तो देखिन्थ्यो ,गृहयुद्दको आवाज जस्तो पनि ,प्रकृती र मानव सतहमा प्रेमको खोजी जस्तो पनि देखिन्थ्यो बश!त्यो मेरो दृश्टिकोण थियो । त्यो लेखामा सबैको आँखा टेरेस पर्थ्यो,ममा कौतुहल सिर्जन भयो,म “सुनौलो किरण”को कार्यालय तिर लागे ।म “सुनौलो किरण”को सामचार कक्षमा पुगे,म देखेर सम्पादक,रिपोटर्स सबै जना आचर्श्य चाकित भयो ।सम्पादकले म आउनुको कारण सोध्यो ।मैले मेरो कौतुहललाई प्रस्तुत गर्‍यो ।के तपाईंहरुले “कालिदास”लाई चिन्नु हुन्छ ?हजुरा !किन र ?कालीदास लाई चिन्छु,बेला-बेलामा लेखा लेख्नु हुन्छ हाम्रो पत्री- कमा ।आज विहान टेरेसको बारेमा मुख्य पेजामा छाप्नु कारण ?किन र! तपाईंको नाम ? सम्पादकले मैले सोध्यो ।म गृहयुद्दको बिरोधी हुँ,मैले जवाफ फर्काएँ ।अनी तपाईंको नाम ? “यात्रा ” छोटकारिमा जवाफ दिएँ ।हेर !यात्रा ,टेरेस संसारको मामतकी खनी हुन ,आज २१औ शत्पधि,विश्व आशान्तिले आस्त-ब्यास्त छ,ईजरेल होस या,ईराक आफगानिस होस या,ईजिब्ट यि हाम्रो आँखको बिम्ब हुन ।अहिले ति देशहरु टेरेसको खाँचो छ,त्यही हो हाम्रो मुला उद्देश्य मुख्य पेजामा छ्प्नु कारण ।के म कालीदासलाई भेट्न सक्छु ? किन र !खसै केहि होइन सधारणा मान्छे हो कालीदास बेला-बेलामा हाम्रो पत्रीकामा लेखा दिनु हुन्छ ।सम्पादकले मलाई भन्यो ।म समाचार साखका सबै जनाको मुहारमा निल्याछु मुद्र भाव थियो,अनुहारमा पिडाको नसाहरु देखिन्थ्यो हो!देशमा पात्रकारिता माथिको आक्रमणले त्यो दृश्य देखिनु स्वाभविक थियो । तपाईंहरुले प्रकाशन गरेको लेखाबाट म प्रभावित छु,अथाव कालिदासको लेखाबाट प्रभावित छु,मैले दोराई-तेराई पढे,धित्त मरेन अनि म निर्श्कषमा पुगे ,कालिदाससंग भेटन ।मेरो मनोदस सुनेपछी नोटबुकबाट कालीदासको मोबाल नम्बर दियो मैले टिपे,खुशीका साथ हात मिलाएर म समाचार कक्षबाट बहिरिएँ ।

करिबा ३-४ बजेको साझ तिर हुनुपर्छ मैले कालीदासको बोबईला नम्बर डयाल गरे,नेटवर्कले जोड्यो क्यारे हाम्रो आत्मियातलाई ।”हेलो कालीदास जि!मैले सुरुवात गरे हाम्रो वातचितलाई ।”हेलो नमस्ते,हजुरलाई मैले चिन्न सकेन नि ?”त्यो कालिदासको आवाज थियो ।कालिदास जि ,म यात्रा,बिहान तपाईंको लेखाले मेरो हृदय चित्रङकन गर्‍यो,के म तपाईं संग प्रत्यक्ष रुपमा भेटन सक्छु ।मैले प्रश्न गर्‍यो ।किन र!त्यस्तो के छ र ?कालीदासले जवाफ फर्कायो ।हेर!कालीदास जि,म तपाईं संग छलफल गर्न चाहन्छु ,विशेषगरी “टेरेस”को बारेमा ।हुन्छ,त्यसो भए कहाँ भेटन सक्छु ?मैले जवाफ फार्काएँ “मनको रिसोर्ट”मा हुन्छ भनेर दुवैको वातचित तार चुडयो ।

म”मनको रिसोर्ट”तिर लागे ।बेला-बेलामा त्यो रिसोर्टमा गईरहन्छु,शहरबाट अलि टाढा छ ,नदिको किनरमा छ,मानवा बस्तिबाट न्युन छ,हारियालिको पछौरिले ढाकेको छ ।

म रिसोर्टको गेटमा उभिरहेको थियो ।१०-१५ मिनेट पछी २५-२६ बर्षे जावन केटो आएको देखे,लामो-लामो कपाल ,भाबुक पराको ।उस्को र मेरो १०-२० मिटरमा हुँदा हामी दुबै जना अलमल पर्यौ,मैले “नमस्ते!कालिदास जि” फुस्काई हाले ।”नमस्ते!नम्स्ते!!यात्रा जि”कालीदासले पनि फर्कैहल्यो ।दुबै जना हात जोडयो आंगलो मार्यौ ।

हामी दुबै जना रिसोर्टमा छिर्यौ,रिसोर्टको पल्लो छेउमा नदिको सतहदेखी झन्डै २० मिटरको दुरिमा हामी बस्यो ।साझको मन्दा पवन बहिरहेको थियो,नदिको सङगितक धुन,प्रकाशको ज्यातिहरु तंरङित थिएँ ,बिस्तारै हाम्रो आवाज पनि नदिको धुनमा बहन थाले ।हाम्रो आगडी केही पेयपदार्थ थियो,दुबै जना ति पेयपदार्थ घुलिन थाले,शरिरमा तापक्रम बढन थाल्यो ।कालीदास जि!जिवन के जस्तो लाग्छ ? मैले प्रश्न तेर्सेएँ ।यात्रा जि,मैले जिन्दागिको यात्रा गर्न धरै बाँकी त्यसैले जिन्दागी त्यो नै हो भनेर एकिन गर्न सकिरहेको छैन ।मेरो प्रश्नको उतर थियो ।अनी प्रेम ?”प्रेम अमुल्य बस्तु हो,म जता ततै प्रेम खोजी रहन्छु ,त्यो प्रेम बाट अमृत झै सेवन गर्छु” ।मैले बुझ्न सकेन नि कालिदास जि तपाईंको आशय ? के म सुन्न सक्छु “टेरेस”र तपाईंको प्रेम कथा ?फेरी मैले दुई प्रसङ जोडिहाले ।”यात्रा जि,प्रेम आत्माबाट हुदो रहेछ र आँखाबाट देख्दो रहेछ,म “टेरेस”लाई आत्माबाट प्रेम गर्छु,आँखाले हेर्छु, प्राकृतिसंग खोज्छु पाउदो रहेछ यो मेरो यर्थात हुन ।मैले भौतिकतसंग प्रेम खोजेन किन कि भौतिकता विलासी हुन्छ,प्रेम विलासी होइन ।अर्को कुरा,”टेरेस”मेरो अंङहरुमा अंङ्कित छ्न ,स्पान्दन,आँखा,आत्मामा स्वणिम अक्षरले लेपिएको छ,”टेरेस”मेरो आश हो, मेरो दरोहर,मेरो पर्वतमाला,मेरो स्वर्श हुन्” ।कालीदासको यो कथा सुने मेरो आँखा गिलासमा पर्छु,दुबैको गिलास रिती सकेको थियो,फेरी थप्न मलाई जांगर पनि चलेन्,कालीदस को विचार चही के थियो कुन्नी मैले बुझ्न सकेन ।कालिदास जि!म पनि कस्लाई प्रेम गरी रहेको प्रेमी हुन ।उसको प्रेममा डुबिरहेको एक प्रेमी हुन,तपाईंको “टेरेस”जस्तै छे,गुणमा ,विचारमा ।

म-कालिदास अर्धबेहोसिमा थिए,तर पनि दुबै जना प्रेमको दुनियाँ हराई थियो,कुनै उतेजानमा आउन सकेन ।

बिहान भईसकेछ,म कोठामा कसरी आईपुएँ थाहा भएन्,यातउती कालीदास खोज्छु कालिदास थिएन ,मेरो सिरानिमा कागजको टुक्रा देख्छु अनि हेर्छु,त्यहाँ लेखेको थियो :-

निष्ठुरी नभन्नु यात्रा,टेरेसलाई भेटन जादैछु
एक्लाई छोड्यो नभन्नु यात्रा,टेरेसको जन्म दिन्म जादैछु !!

यो हरफले मेरो आँखा बाट आँशु झर्यो ।म रिसोर्टबाट नदी किनरा तर्फ लागे ।वर-पिपलको पातमा टोकरी बनाई तेल राखेर दियो जलाई नदिको किनरामा बगई दिएँ ।एक छिन किनरामै तैरिरहे,केहि छिन पछी नदिको बिचतिर बढ्यो,बिस्तारै नदिको सतह माथि बढदै गयो र नदी सगै बग्न थाल्यो ।म र दियो दुरी दुर हुँदै गयो,म त्यो दियोको दृश्यमा कैद भई रहे ।पर -पर सम्म मैले त्यो दियोलाई हेरी रहे,मेरो आँखाबाटै बिलिन हुन नपाउदै सुर्य भएर उदायो यो संसारमा ,त्यो दुई दियोहरु । —

समिर नेपाल-रंगीचंगी कोपिलाहरु

रंगीचंगी कोपिलाहरु

समिर नेपाल

खै आज त बाटो हिड्न पनि मुस्किल पर्छ जस्तो छ। कस्तो सारो गर्मी बढेको। सा“च्चै दुई चार दिनसम्म यस्तै हुने हो भने त पक्कै खडेरी पर्छ, यस्तो सारो गर्मी त मेरो जीवनमा कहिल्यै भोगेको थिईन जस्तो लाग्छ। सा“च्चै यस्तोमा विचरा भरियाहरु कसरी भारी बोकेर हिड्छन् होला। जाबो एउटा सानो क्यामेरा हातमा बोकेर रित्तै हिडेको म त यस्तो थाकिसके। लमतन्न भएर बसेको रातमाते डाँडो अनि हेर सबैतिर सुनसान छ। चराचुरंगी भन्ने त कतै देखिदैनन्। हैन म कतै मरुभूमीमा त हिडिरहेको छुईन। प्रचण्ड गर्मीमा सुनसान ठाउ“बाट अगाडि बढिरहेको बेला मेरो मनमा यस्ता अनेकन कुराहरु खेलिरहेका थिए । पेरी पनि म विस्तारै अगाडि बढ्दै जा“दैछु।
अगाडि सानो गाउ“ देखिन्छ। म त्यही पुगेर थोरै भएपनि पानी पिउन पाउछु की भन्ने आशाले अगाडि लम्कदै छु। लाग्छ त्यो ठाउ“ पनि कतै दुम्मा जस्तै त छैन। एक दुई पटक दुम्माको बाटो हिडी सकेको छु म । यसैले होला यो गर्मीले पोलेको बेला झसक्क दुम्मालाई सम्झन पुग्छु। पिखुवा फेदिको प्रखर उकाली पार गरेर माथि गाउ“मा पुगेपछि जब पानी खान मागिन्छ, त्याहा“ सुनिन्छ –“हजुर ऐले छोरी छैन यो त छोरीको पेवा प¥यो।” पानी पनि छोरीको पेवा पर्ने त्यो दुम्माको हालत एैले पनि त त्यस्तै होला। मलाई आज यो गाउ“संग पनि कता कता शंकै लाग्दैछ। सोच्दा सोच्दै म गाउ“ भित्र पसि सकेको छु।
गाउ“ भने निकै बाक्लो छ। तर मानिसको बस्ति भने ज्यादै कम छ। सब घरहरु खालि छन्। अलिक परतिर एउटा घरमा २÷४ जना मान्छे घर बाहिरै कुरा गरेर बसिरहेका थिए। म पनि सरासर त्यतै तिर लागे र एक छिन थकाई मार्ने विचारले टुसुक्क भुईंमा बस्न पुगें। सूर्यको प्रखर ताप विस्तार विस्तार ओईलाउदै गईरहेको हो की भन्ने आभाष हुदै थियो। दुई चार जना स–साना नानीहरु यताउता उफ्रदै खेलिरहेका थिए। उनीहरुका हात खुट्टा सबै धुलै धुलो भएको थियो। मैले विस्तारै छेउमा बसिरहेकी दिदीसंग भने– “दिदी अलिकति पानी खान पाईन्छ की।”
उहा“भित्र पस्नु भयो। सायद पानी लिन होला । खालि रहेको त्यो समयलाई सदुपयोग गर्न मेरै छेउमा बस्नु भएको दाईसंग मैले सोधें– “दाजु यो गाउ“ त निकै ठूलो देखिन्छ। तर सब सुनसान छ नी।” दाईले भन्नु भयो – के गर्ने भाई गर्मी भनेर नहुने, सबैकाम आफै गर्नु पर्छ। सबै आफ्ना आफ्ना काममा व्यस्त छन्। त्यसैले गाउ“ सुनसान छ। याहा“ त गर्मी भए पनि झरी परे पनि यस्तै हो।” यसै बेला पानीले भरीएको एउटा करुवा बोकेर दिदी बाहिर निस्कनु भयो। पानीको करुवा मतिर सार्दै भन्नु भयो– “भाई पानी लिनुस।”
करुवा समाएर म पानी पिउन थाले। गर्मीले सारै पिटेकोले होला करुवा कुन बेला रित्तियो पत्तै भएन।
पानी पिएपछि मैले लामो सास ताने। मैले पानी पिएको देखेपछि नजिकै खेलिरहेका ३ वटै बच्चाहरु पनि पानी माग्न त्याहा“ आई पुगे।
“हामी पनि पानी खाने के।” तिनीहरु कराई रहेका थिए।
“जाओ जाओ भित्रै गएर खाओ। कसले ल्याई दिन्छ याहा“ तिमीहरुलाई पानी। काम छैन खाली धुलोमा खेल्यो।” मलाई पानी दिने दिदीले भन्नु भयो। बच्चाहरु भित्र पसेनन्। फेरी एकै स्वरमा चिच्याए। “नाई, भित्र नजाने, हामी भित्र जादैनौं के। ल्याई दिने भए खान्छौं। नभए के मतलब खा“दैनौं के। हामीलाई के मतलब पानी खान माग्या नदिए पछि तपाई त काकाकुल हुनुहुन्छ नी।”
“नकराओ नकराओ काकाकुल साकाकुल जे भए पनि मै हुन्छु। पानि भने खानु प¥या छैन खाली अर्कालाई दुःख दिनु प¥या छ। जाओ उता” दिदीले उनीहरुलाई हकार्दै भन्नु भयो।
बच्चाहरु अलिक पर हटे। परै बाट एउटी बच्चीले मतिर हेरेर भनिन् –“दाई यो के हो।” संकेत मेरो क्यामेरामा थियो।
बच्चाहरुको कुराकानी र गतिविधि हेरेर बसिरहेको म झस्यांग हुन्छु र हतार हतार हा“स्तै भन्छु–“यो क्यामेरा हो। यो फोटो खिच्ने मेसिन हो बुझ्यौ।”
“दाई हाम्रो फोटो खिच्ने ल। हाम्रो एउटा फोटो खिचिदिनुसन् ल।” उनीहरु सबै एक स्वरमा कराउन थाले।
उनहिरुको बाल सुलम त्यो अनुरोधलाई मैले तिरस्कार गर्न सकिन। यिनीहरुको फोटो मेरो यात्राको एउटा रमाईलो घटना बन्ने छ भन्ने सोचेर मैले तिनै जनालाई अलिक पर लगेर राखे र सबैको फोटो खिचे । तर मेरो योजना पुरा हुन न पाउदै एउटी बच्चीले भनिन् –“दाई म एक्लै खिच्ने के यिनीहरुसंग बसेर नखिच्ने।”
अर्की बैनीले पनि भनिन्–“दाई म पनि एक्लै खिच्ने के, योसंग बसेर नखिच्ने के यसको कपाल त बोकाको जस्तै छ। यो संग बसेर त फोटो राम्रो हुदैन म त एक्लै खिच्ने के।”
सबैभन्दा पहिले एक्लै फोटो खिच्ने प्रस्ताब राख्ने बैनीले भनिन्–“म पनि त“संग नखिच्ने के। त“ भत्केको सानो घरमा बस्ने त होनी। त“संग फोटो खिच्दा राम्रो हुदैन के।”
उनी दौडेर मेरो छेउमा आईन् र भनिन् ¬“दाई यो त नी छाप्रोमा बस्छे। यसको हाम्रो जस्तो ठूलो घरै छैन।”
अर्की बैनीले दौडेर आएर भनिन्–“दाई हेर्नुसन यसको कपाल त कस्तो नराम्रो। बोकाको जस्तै छ। यस्तो मान्छसंग बसेर फोटो खिच्दा राम्रो अुदैन क्या ।”
खै यीनिहरुले कति बुझेका छन या छैनन् तर पनि यिनको बालशुलभ मस्तीष्क बाट अनजान अनजान मै आएका यी कुराहरु सुन्दा मैले भने यीनिहरु विचका आफ्ना आफ्ना बर्गिय चरित्रहरु प्रदर्शित भैरहेको बुझिरहेको थिए। दुई जना कै संगिनीको रुपमा संगै खेलिरहेकी अर्की बैनी भने चुप थिईन्। यी दुबै जनाको कुरा सुनिरहेको म पनि छक्क परिरहेको थिए। मैले दुबै जनालाई छेउमै राखेर सोधे।
“बैनीको नाम के हो?”
रमा बानिया“। जवाफ सारै छिटो आयो।
“अनि बैनीको चै नाम के हो नि” मैले अर्को बैनीतर्फ संकेत गर्दै भने।
उ मात्र किन पछि पर्थि। उस्ले पनि हतार हतार जवाफ दिई सरस्वति बानिया“। दुबैजनाको कुरा सनेपछि मैले भने “तिमीहरु त बानिया“ बानिया“ दिदी बैनी पो रहेछौ”। मेरो कुरा सकिन नपाउदै संगै खेल्दै गरेपनि कुरा कानिको क्रममा छुट्टै पर बसेकी बैनीले भनिन्–“हो दाई हो, यिनीहरु दिदी बैनी नै हो।”
रमा बैनीले हतार हतार अगाडी बढेर भनिन्–“के दिदी बैनी भन्या । म त्यसको दिदी बैनी होईन । त्यो त सानो छाप्रोमा बस्ने त हो नि। हाम्रो कत्रो घर छ। त्यसको हाम्रो जस्तो ठूलो घर देखावस् त। हैन दाई हैन के त्यो र म दिदी बैनी हैन।”
तिनै जना बैनीहरु मिलेर खेलिरहेका भए पनि उनीहरु बीचको वर्गिय प्रेमको फाटो स्पष्ट देखिई रहेको थियो। मैले कहिलेका“ही सुन्ने गरेको थिए–“बर्गिय समाजमा बर्गिय प्रेम मात्र न्यानो र चोखो हुन्छ।” यो केवल सुनाईमा मात्र सीमित नभएर आज बास्तविकतामा नै देखिई रहेको छ। कति स्पष्ट छ याहा“ बर्गिय भावना। एउटाले कपाल काटेको छ। त्यसैले उसको कपाल बोकाको जस्तै देखियो। अर्कीको कपाल काटेको छैन। लुगा मैलो थैलो छ। छाप्रोमा बस्छे। सायद उ मिठो खान र राम्रो लाउन पाउदिन होला। तर पनि उ बाचेकी छ, सच्चा नेपाली भएर। सायद गुन्दु्रक र ढिडो खाएर। त्यस्तै परिवेशमा हुर्किएकी अर्की बच्ची छ, जो उस्को तर्फबाट मेरो सामुन्नेमा वकालत गर्न आएकी या मिलापत्र गराउन आएकी थिई । उ भन्थी–“हो यिनीहरु दिदी बैनी नै हो”। गाउघरमा खेल्ने बेलामा यीनिहरु संगै हुन्छन् । बेलुका घरमा पुग्दा एक्ला एक्लै । अनि बाबु आमाका कुरा सुन्छन् । मनमा एउटा छाप बनाउछन् । लामो समयसम्म यिनीहरुको कुरा सुनिरहेको म छक्क पर्दै सोचिरहेको थिए । हेर यहाँ कति राम्रो पूmलवारी छ रंङ्गिचंङ्गि कोपीलाहरु छन् । भोलीका फक्रदा यी विभिन्न थरिका पूmलहरु एकै साथ एकै स्थानमा पूmल्ने प्रयास गरिरहेका छन् । ठूलो र सानो धनी र गरीव गाउघरको कूरा यिनीहरु सबैले एक अर्कालाई बुभ्mने विचार भने फरक फरक छ ।
मैले सम्झे बर्गिय भावना यी बच्चाहरुको ह्दयमा पनि कति नमिठो गरी गाडिएको रहेछ। तर के साच्चै यी संगै खेल्ने बालबालिकाहरुले बुझेरै यो सबै कुरा गरेका हुन् त । मैले तुरुन्त निष्कर्श निकाले यो सबै आ आप्mनै बुझाई होईन । आमा बाबु बाट पाएको शिक्षा हो । सबैलाई समान बनाएर सबै बराबरी राम्रो छौ भनेर म हिडे भने पनि उनिहरुको मन भित्र बसेको ठूलो घर अनि छाप्रोको कुरालाई सदा सदा म हटाउन सक्दिन यसर्थ मैले भने हेर तिमिहरु सबै संगै खेलिरहेका छौ सबै कति राम्रा देखिन्छौ । सधै यसैगरी मिलेर खेल्नु ल । म तिमिहरु सबैको एउटा फोटो संगै लिन्छु अनि फेरी छुट्टा छुट्टै पनि लिन्छु हन्छ । सबैले एकै स्वरमा भने हुन्छ । मैले तिनैजनाको छुट्टाछुट्टै तिनवटा फोटो लिए । अनि सबैको एकै ठाउमा बसेको पनि लिए“। मैले एकपटक यी तिनै जनालाई राम्रो संग नियालेर हेरे । बर्गियता भन्ने कुरा शहरमा मात्र नभएर यो देशको गाउँ गाउँ गल्लीगल्ली, डा“डा का“डा भिर पहरा लगायत हरेक कुना कुनामा समेत पाईदो रहेछ। सायद शहरमा यति धेरै हुदैन होला । यति धेरै समय दिएर कसैका कुरा सुन्ने फुर्सद शहरा सायदै कसैलाई हुन्छ।
बाल शुलभ साना साना ति नानीहरुलाई त्यही छाडेर प्रचण्ड गर्मिमा मलाई प्यास मेटाउन सहयोग गर्नु हुने दिदी र दाईलाई धन्यवाद दिएर म आप्mनो बाटो लागें। मेरो मनमा धेरै कुराहरु खेलिरहेका थिए। दिउ“सोको टन्टलापुर घाम भने हराई सकेछ । मेरो गन्तब्य अझै टाढा थियो । मेरा खुट्टाहरु छिटो छिटो अगाडी बडीरहे । प्रचण्डता फालेको सूर्य पनि विस्तार विस्तार पश्चिम अस्ताचलतर्फ लम्की रहेको थियो। शितलतामा म आफ्नै शुरमा अगाडि बढिरहे मस्तिष्कमा भरखरैको घटनालाई खेलाउदै खेलाउदै।



माधव सयपत्री- रातो फूल

रातो फूल

माधव सयपत्री

देवीको मन्दिरमा मेला धुमधामसँग लागिरहेको छ । भक्तजनहरु थालीमा अक्षता, ढकीमा फूल लिएर देवीको शिरमा चढाउन तँछाड–मँछाड गरिरहेका छन् । मानौं, कथित धर्मको हिस्सा भक्तजनहरुलाई आफ्नो भागमा बढीभन्दा बढी पार्नुछ ।
हितबहादुर विश्वकर्मा, ऊ पनि त्यही धर्मभिरु समाजमा हुर्किएको एउटा धर्मजीव हो । ऊ त्यो सामाजिक संस्कारबाट बाहिर निस्कन सक्दैन वा चाँहदैन । उसलाई पनि धर्मकर्मप्रति असीम आस्था छ । ऊ त्यो आस्थाको धरहरा अझै ठड्याउन चाहन्छ ।

हितबहादुरलाई भगवतीको मन्दिरमा फूल चढाउनुछ । जसरी पनि चढाउनुछ । त्यसैले ऊ खल्तीमा रातोफूल बोकेर बिहानै मन्दिर परिसरबाहिर देखा परेको छ । कथित उपल्लो जातका मानिसहरु हितबहादुरको क्रियाकलापलाई हेरिरहेका छन् । उपल्लो जातकालाई हितबहादुर मन्दिर प्रवेश गरी मन्दिर अपवित्र पारिदिन्छ कि भन्ने संसय छ । हितबहादुरलाई मन्दिर प्रवेश गरी फूल चढाउनुछ ।

त्यहाँ एउटा द्वन्द छ । मन्दिर प्रवेश गर्न पाउनेको हठ छ– ‘दलितले मन्दिरमा पस्न हुंदैहुंदैन ।’ हितबहादुरको हठ छ– ‘जसरी पनि मन्दिरमा फूल चढाउनुछ ।’ त्यहाँ धर्मद्वन्दको अघोषित शीत युद्ध चर्केको छ ।

पुजारी मन्दिरको ढोकामा छ । ऊ हितबहादुर विश्वकर्मालाई कुनै हालतमा पनि मन्दिर पस्न नदिने पक्षमा छ । उपल्लो जातको मानिसको उर्दी छ– ‘हितबहादुरलाई फूल चढाउन नदिनू !’ हितबहादुर मन्दिरको पर्खाल वरिपरि घुम्छ । यसो मन्दिरभित्र चियाउँछ । अस्तिमात्र उसैले बनाएका त्रिशूल देवीको मूर्ति छेउमा गाडिएका छन् । सोच्छ– ‘ओ हो, मेरो पसिनाले बनाएको त्रिशूल देवीको मन्दिरमा सजिएका छन्, तर म भने कम्पाउण्ड छिर्न नपाउने ? कतिसम्मको अन्याय यो ! यो अन्याय सहेरै बसूँ । मैले सहेरै बसेँ भने म पछिका पुस्ताले पनि मन्दिर पस्न पाउदैनन् ।’ अलिकति बिद्रोह ।

हितबहादुर मन्दिरको पर्खाल पटकपटक परिक्रमा गर्छ । आज उसलाई आस्थाको फूल चढाउनुछ जसरी पनि । उसको गोजीको रातोफूल । ऊ गोजी छाम्छ– ‘अहो १ फूल ओइलाउन लागेको छ । ओइलाएको फूल देवीलाई के चढाउनु ।’

मान्छेहरु ठेलमठेल गरिहेछन् । उसको मनले भन्छ– ‘यै मौकामा सुटुक्क भित्र छिर्न पाए फूल चढाएर हिँडिहाल्थेँ । यी अधर्मीहरु के धर्म गर्छन् ! मनमा कालो ध्वाँसो बोकेर ।’ ऊ भीडसंगै ढोकाबाट छिर्न खोज्छ । ढोकामा पाले बसेका मानबहादुर शाही र दानबहादुर शाहीले उसलाई भकुण्ड्याउँछन् । ऊ मान्छेलाई लछार्दै चउरमा पल्टिन पुग्छ । केही बोल्दैन । मनमनमा भन्छ– ‘तेरिमा गधाहरु, मन्दिर यिनको मात्रै पेवा हो ? पख म एकदिन ।’

एक्कासि हितबहादुर माथि लाठी बर्सन्छन् । ऊ गुहार छोड्छ– ‘गुहार, गुहार १ बचाओ । मलाई मारे ।’ उसको आर्तपुकारलाई कसैले वास्ता गर्दैन । लाठामाथि लाठा, लात्तीमाथि लात्ती । दशपन्ध्र जनाले उसलाई लात्ती हानेर पालो पु¥याउछन् । ऊ थिलथिलो हुन्छ । त्यहाँ बस्न सक्दैन । चेतावनी दिएर हिड्छ –‘पख म मन्दिर नपसी छाडिदन । मन्दिर तिमर्को मात्रै हो !’ केही युवाहरु उसलाई लखेटेर पर पु¥याउछन् – मानौ ऊ खुँखार चोर हो, डाँका हो । रमिते केटाकेटी पनि उसलाई लखेट्दै पर पुग्छन् ।

हितबहादुर ज्यान बचेको महशुस गर्छ । गोजीको फूल हेर्छ । त्यो ओइलाइसकेको छ । वर बाटोबाटै फूल मन्दिरतिर फालिदिन्छ र कुढिएको मन लिएर घर फर्कन्छ ।

फूलपातीको दिन छ । सखारै एकगोजी रातो फूल बटुल्छ । आप्mना दुइटा केटाकेटी लिएर ऊ मन्दिरतिर लाग्छ । आफूले नसके केटाकेटीलाई मन्दिर छिराउने उसको अभीष्ट छ । ‘केटाकेटीलाई त कसैले पिट्दैन होला नि १’

अरु नपुग्दै मन्दिर पुग्छु भनेर सोचेको थियो तर ऊ पुग्दा पूजा थालिसकिएछ । आज पनि रातो फूल त्यसै फर्किने भयो । मन कुँडिन्छ । भारीभारी मन लिएर ऊ मन्दिर बाहिर देखा पर्छ । सबैका आँखा उसैतिर सोझिन्छन् । ढोकामा उनै मानबहादुर र दानबहादुर उभिएको देख्छ । दानबहादुर बोल्छ– ‘आज पनि मुन्टिएछ डाङ्ग्रो । यसका फिलाको मासु नझारेसम्म नचेत्ने भो । कामीले मन्दिरभित्र पस्नु हुँदैन भन्ने यसलाई थाह छैन । हिकाहा कहाँको ? पवित्र मन्दिर अपवित्र पार्ने यसको हरकत । आज यो बाँचेर जाँदैन ।’

हितबहादुर ओइलाउँछ । उसको गोजीको रातो फूल ओइलाउँदै गएजस्तै । हितबहादुर नदीपट्टि फर्किन्छ । गोजीबाट रुमाल झिक्छ र मुख बाँध्छ । मुख छोपेपछि कसैले चिन्दैनन् भन्ने छ उसलाई । केटाकेटीलाई वरै राखी ऊ मन्दिरछेऊ जान्छ । हुलमुलभित्र पस्छ । पर्खालको ढोकामा पुग्छ । ठेलिएर कम्पाउण्ड छिर्छ ( ‘आज त फूल चढाउँछु, चढाउँछु’ उसको दृढता मनमनै बोल्छ । उसलाई फूल चढाउनुछ । झगडा गर्नु छैन । गल्फती गर्नु छैन । धर्मको धरहरा उँचो बनाउनुछ ।

कसैको लात्तीले ऊ मन्दिर कम्पाउण्डमा ढल्छ । दानबहादर र मानबहादुर मन्दिरबाट उसैले बनाएका त्रिशूल लिएर आउँछन् । निदर्यी जीवहरु उसलाई त्रिशूलले घोच्न थाल्छन् । मन्दिर परिसरमा खैलाबैला मचिन्छ । सुनिन्छ– ‘हिते डाङग्रो मन्दिरमा आएछ । नकचरोलाई हान् हान् !’ भीड उत्तेजित बन्दै जान्छ । निरंकुश बन्दै जान्छ । धेरैले उसलाई मुक्का बजाउँछन् । ऊ बोल्छ– ‘मलाई एक पटक फूल चढाउन देऊ । मेरो रातो फूल ओइलियो । मेरो आत्मा भतभती पोलेको छ । म रातो फूल चढाउछु ।’

उसको अनुनयले कसैको हृदय पग्लिदैन बरु कठोर पाषाण बन्छ । एउटा बोल्छ– ‘यतिको सडेको डाङ्ग्रोलाई त यहीं मारेर बगरमा गाड्न सकिन्छ ।’ हितबहादुरको मन आगोमा रापिन्छ । विद्रोह उब्जिन्छ । ‘ए पाजीहरु हो १ मन्दिर तिर्मेको मात्रै हो ? लेउ मेरो त्रिशूल, म लैजान्छु । ’

ऊ माथि त्रिशूलका भाला बर्सिन्छन् । दानबहादुर र मानबहादुरले उसलाई त्रिशूलले छेड्न थाल्छन् । उसको शरीरबाट भलभली रगत बग्छ । आवाज आउँछ– ‘ठिक पा¥यौ भाइ, मातेको डाङ्ग्रालाई । यसलाई त मार्नै पर्छ ।’ ऊ चित्कार छोड्छ– ‘ठूले मलाई बचा । तँ भित्र आइज न ।’ छोराहरुले बाउको चित्कार सुन्छन् । उनीहरु कता जाऊँ र कसो गरुँ गर्छन् । मन्दिरतिर कुद्छन् । हिबहादुरको शरीर बाहिर फ्याँकिन्छ । बाउको शरीर छोराहरुमाथि बज्रिन्छ । उनीहरु पनि ढल्छन् ।

मालबहादुर त्रिशूल लिएरै बाहिर आउँछ र भुँडीमा घोच्छ । ठूले डराउँछ– ‘गुहार, गुहार, बालाई मारे !’ उसको शरीरमा त्रिशूल रोप्ने क्रम जारी छ । दानबहादुर आउँछ, अर्को त्रिशूल ढाडमा रोप्छ । केटाकेटीलाई लघार्दै पर पु¥याउँछन् । –‘तिमीहरुलाई मर्न मन छ ?’

हितबहादुर सासले– ‘रातो फूल, देवी, मन्दिर’ भन्दैछ । त्रिशूल रोपिदैछ । टाढा आँखा हेरेर हितबहादुर अन्तिम सास फेर्छ । सबै भागाभाग गर्छन् । दानबहादुर र मालबहादुर मात्रै बाँकी रहन्छन् । हितबहादुरको लास घिसार्दै बगरमा लगी गाड्छन् । उनीहरु पनि भाग्छन् । मन्दिर सुनसान बन्छ । पुलिस आउँछ । लास खोतल्छ र पोष्टमार्टम गर्न लैजान्छ ।

अष्टमीको दिन बिहान मन्दिर जानेहरुले देख्छन्– मन्दिर त खरानी र अँगारको थुप्रोमा बदलिएछ । उता बगरमा हितबहादुरको रातो फूल ओइलाएर सुुक्नै लागेको देखिन्छ । पूरै गाउँ भय, त्रासले आतङ्कित बन्छ । मान्छे मरेको भन्दा पनि मन्दिर जलेको पीडाले गाउँलेको मन जलिरहेको छ ।

लक्ष्मी उप्रेती – स्वप्न भङ्ग

स्वप्न भङ्ग

लक्ष्मी उप्रेती

स्वप्न भङ्ग भएपछि जीवनमा देखिएका ससाना खुसीका कणहरू अनायासै मेटि“दा रहेछन् । विश्वास र भरोसाका पुञ्ज मेरा जीवन साथी विभाजित हुनाले, आस्थाका धरोहर मेरा मुटुका टुक्रा विचलित भएकाले यसबेला दुःख सहेर शून्य जीवन बा“च्नु सिवाय कुनै विकल्प रहेन मेरो । दाम्पत्य जीवनका सुखद क्षणहरू सपना जस्तै बनेर छचल्किने भए अब अतीतका स्मृतिमा । वर्तमानले रक्ताम्मे पारेको विवश घाउ सुम्सुम्याउ“दै खाटा बस्नै नसक्ने भविष्यको कल्पना कसरी गरू“ म ? विश्वासको धरातलमा उभ्याएर मेरो भोलि खोसिसके छन् मेरा आफ्नाहरूले नै आश्वासनको भ्रमित भाव बा“ढ्दै । हरे १ कस्तो अन्तरघात गरे नि मलाई ।
बिरही पल बनेर बिझाउ“ने ए समय १ त निर्दयी नै होस् या मलाई घात गरिस् ? सुन्दर धुनको सङ्गीत बनेर रमाउने मेरो विगत आज कस्तो कुरूप बन्यो । अब तेरो रचनामा मेरो भविष्य कस्तो छ भन्न सक्छस् ?
केही समय प्रेम गरेर जीवन बुझेपछि बिहे गरेका पति अनिमेष र हाम्रा छोरा छोरी निमेष र निर्जास“ग अलग्गिनुको पीडा सहेर अर्काको मुलुकमा कहालीलाग्दा पल गन्दै दिन रात खटे“ र सात वर्ष बिताए“ परिवारको सुख सोचेर । ती सबै व्यर्थ भएछन् । जस्का लागि आफूलाई रित्याए“ उसले मेरो जीवनमा छुरा घसेको आभास समेत पाइन“ मैले ।
जीवनमा यस्तो दिन पनि आउला भन्ने कल्पना समेत गरेकी थिइन“ । बिहे हुनुभन्दा अघि कति खुसी थिए । दुई दाजुहरूकी यौटी बहिनी भएकाले म परिवारमा नै प्यारी थिए“ । सम्पन्न परिवारमा जन्म भएकाले पनि होला गाउ“का अरू साथीहरूको तुलनामा हरेक अवसर प्राप्त हुन्थ्यो मलाई । मैले रहर गरेका जुनसुकै चिज पनि तुरुन्तै पुरा हुन्थे । दुःख नभोगेकी मैले बिहेपछि मात्र थाहा पाएकी थिए अभावमा दुख्ने कष्टकर जीवनको घाउ ।
अतीतको मायाले यसबेला मलाई अवसादमा पारेको छ । मनका आवेगहरू भक्कानिएर पोखिन्छन् दुई आ“खाबाट अविरल ।
राजनीतिक पृष्ठभूमि भएको मेरो परिवार । घरमा राजनीतिज्ञहरूको जमघट भैरहन्थ्यो । यही प्रभावले मलाई राजनीतिमा रुचि बढ्दै गयो । म आइ.ए. पढ्दै थिए“ । वि.सं. २०४६ मा जन आन्दोलन चर्कियो । देशमा राजनीतिक गतिरोधका कारण उत्पन्न आन्दोलनमा युवाशक्ति विद्यार्थीहरूको सहभागिता बढ्दै गयो । अलिअलि गर्दै केही दिनपछि शैक्षिक वातारण नै ठप्प भएर राजनीतिक वातावरणको माहौल व्याप्त भयो । विभिन्न दलका भातृसङ्गठनका विद्यार्थीहरूको सक्रियता बढ्दै गयो । आन्दोलन झन् चर्कन थाल्यो । जुलुस, नारा, कोणसभा, आमसभा, तोडफोड, चक्काजाम, आगजनी, धडकपड, लाठी चार्ज आदि इत्यादिले राजनीतिक वातावरणलाई ततायो । पारिवारिक समर्थन भएर पनि होला विद्यार्थी आन्दोलनमा हाम्रो कलेजबाट मेरो नेतृत्व अग्रपङ्तिमा रह्यो । प्रदर्शनकारीलाई दबाउने प्रयाशमा तत्कालीन सरकारले धडपकड गर्दा अग्रज नेताहरूस“गै केही साथीहरू र म पनि जेलमा परे दुई पटक । पहिलो पटक जेल पर्दा म निकै डराएकी थिए“ । तर राजनीतिक बन्दीहरूको जेल जीवन राम्रै हु“दोरहेछ ।
आफ्नै प्रखर क्षमताले विद्यार्थी राजनीतिमा सक्रिय रहेर अर्का कलेजका विद्यार्थी नेता अनिमेषस“ग पहिलो भेट जेलमा नै भयो । हाम्रो विचार र उद्देश्य अनि यात्रा पनि एउटै थियो । उनको प्रभावशाली व्यक्तित्वका कारण जेलबाट छुटेपछि पनि हाम्रँे भेट हुने क्रम बढ्दै गयो । बिस्तारै बिस्तारै राजनीतिक सहयात्रीभन्दा फरक अर्कै आसक्तिको आभास भयो हामीमा ।
समयको गतिस“गै राजनीतिक उतार चढावमा कही“ जा“दा कसो कसो गरेर प्रायः स“गस“गै हुन थाल्यो । केही दिनपछि पार्टीका साथीहरूबाट पनि हाम्रो सामीप्यताको चर्चा सुरु भयो । त्यसपछि हामी सोच्न बाध्य भयौ“ । हाम्रँे मन मिलेकै थियो । अनिमेषले अभिभावकस“ग सल्लाह गरेर मलाई माग्न पठाए । दुवैतिरका अभिभावकहरूबाट बुझाबुझ गरेपछि हाम्रो बिहेको टुङ्गो लाग्यो । महेन्द्रनगर घर भएका सम्पन्न परिवारका माइला छोरा अनिमेषलाई जीवन साथी बनाउ“दा छोरी सुखी हुन्छे भन्ने सोचले ढुक्क भएर बिहेका लागि आएको प्रस्ताव मेरा अभिभावकले स्वीकार्नु भयो । अन्ततः केही समय पछि उहा“हरूले हाम्रो लगन गा“ठो बा“धिदिनु भयो ।
बिहा पछि जहा“ जतिखेर निस्फिक्री हि“ड्डुल गर्न हामी स्वतन्त्र भयौ“ । केही समयसम्म हाम्रो राजनीतिक जीवन सक्रिय भयो ।
बिहे भएको दुई वर्षमा हाम्रो छोरो निमेष जन्मियो । त्यसपछि राजनीतिमा मेरो सहभागिता अलि कम हुन थाल्यो । निमेष दुई वर्ष नपुग्दै छोरी निर्जाको जन्म भयो । त्यसपछि त छोराछोरीको स्याहार सुसारले नै मलाई व्यस्त बनायो । यसले गर्दा मेरो राजनीतिक जीवन झन्डै झन्डै शून्य नै भयो ।
समय आफ्नै गतिमा अघि बढि रह्यो । हाम्रो अवस्थामा उतार चढाव सुरु भयो । दुवै जना बेरोजगार । एकातिर अनिमेषको राजनीतिक जीवन अर्कातिर घर व्यवहारमा खर्च बढ्दै जान थाल्यो ।
आमा बाबुको मृत्युपछि माइतीतिरबाट पाउने सहयोगी हातहरू कम हु“दै गए । अनि आफ्नो पुख्र्यौली सम्पत्ती बेच्दै जीवन गुजारा गर्नु हाम्रो बाध्यता रह्यो । केही समयसम्म यसरी पनि जिन्दगी धानियो । पुख्र्यौली सम्पत्ति पनि सकिएपछि साथी भाइहरूस“ग ऋण लिने क्रम सुरु भयो ।
अभावले जीवन कठिन हु“दै गयो । कामको खोजीमा दुवै जना लागि प¥यौ“ । तर कही“ कुलखानदान र कही क्षमताका कारण कति ठाउ“मा हामी अयोग्य भयौ“ । त्यसपछि अनिमेष व्यावहारिक झमेलाबाट पिरोलिएर राजनितिक माहोलमा नै पूर्णकालीन समय बिताउन थाले ।
यसरी जीवन झन्झन् जटिल हु“दै गयो । के गर्ने भनेर हामीस“ग कुनै उपाय नै भएन । अन्ततः राजनीतिकर्मीको लागि खुलेका विदेश यात्राको फायदा उठाएर सर सल्लाह गरी श्रीमान्स“गै बालक छोराछोरीलाई समेत छोडेर बेलायत जान बाध्य भए“ ।
त्यसबेला मातृत्वको आर्तनाद सह“दै विदेशी भूमिमा कठिनाइहरूस“ग जुद्धै बिताए“ । उराठिलो सात वर्ष दिन रात काम गर“े । काम गरे“ अनुसारको दाम पनि कमाउन सके“ ।
मुटुको घाउलाई पलपल सुमसुम्याउ“दै भविष्यको सुन्दर सपना सजाएर आफूलाई रित्याउ“दै श्रीमान्को भरोसामा सात वर्षसम्म कमाएको पैसा सुम्पिरहे“ सही ठाउ“मा उपयोग हुन्छ भन्ने विश्वासले, तर जीवनको विश्वास सोच जस्तो कहा“ हु“दोरहेछ र ? पहिला जति आफ्ना थिए ती सबै आफूबाट छुटिसकेछन् ।
पैसा कमाउने कामदेखि बाहेक अन्य केही समयखेर फालिन“ मैले । यता श्रीमान् र छोराछोरी बाहेक अरू सबै नाता सम्बन्ध साथी भाइ कोहीस“ग पनि सम्पर्क राखिन“ । उनीहरूले सम्पर्क गर्न खोज्दा पनि सहयोग पो माग्ने हुन की भन्ने शङ्का गरेर सधै“ सम्पर्कविहीन हुनाका साथै समय पनि खेर फाल्न चाहिन“ । त्यसबेला सायद उनीहरूको सम्पर्कमा रहन सकेको भए मेरो केही त बच्न सक्थ्यो कि ? तर मेरो स्वार्थीपनले यसबेला मस“ग केही रहेन । सङ्घर्ष गरेर सात वर्ष विदेशी भूमिमा बिताएको आफ्नो उराठिलो उमेरस“गै मेरा आफ्नाहरूबाट म छुटिसकेछु ।
आजको प्रतीक्षामा कति दिन बिताएर मनभरि उत्साह र उमङ्गका तरङ्ग छचल्काउ“दै । अनिमेषस“गको मधुर मिलनको कल्पनामा बहकिएर उम्लिएथे । मुटुभरि ममताले सुमसुम्याउ“दै छोराछोरीको सामीप्य सुखमा भावुक हु“दै नेपाल धर्ती टेकेथे“ । तर मैले कल्पना गरेका ती सबै सुनौला भावहरू अहिले चकनाचार भए सपना झै“ बनेर । हरे १ सपना झै“ लागेको यो जीवनको सपना, सपना नै भै दिए अर्काको सम्झेर पनि अबको जीवनमा विपना राम्रो पार्दै आफ्नो बनाउ“थे“ । अब त मस“ग जीवनका सपना पनि कुनै रहेनन्, विपनाको त के कुरा गरौ“ ?
लामो समयको अन्तरालपछि हिजो नेपालको धर्तीमा पाइला टेके“ । श्रीमान् र छोराछोरीकै न्यानो स्पर्शको अनुभूत गर्दै आफूभरि मायाको रङ भरेर आफ्नै जीवनको लोभ गरे आफैबाट । तर आज मायाका सबै रङ आफ्नै लागि हराउ“दा त्यही जीवन यसरी कुरूप हुन पुग्यो ।
हिजो विमानस्थलबाट बाहिरिएर प्रतीक्षालयमा अनिमेषलाई देख्नासाथ सात वर्ष मैले भोगेका वियोग र वेदनाका सारा कुराहरू बिर्सिए । उनलाई छेउमा पाउना साथ पुलकित भए“ । छोराछोरीलाई वरिपरि खोजे देखिन“ । त्यसपछि “खोई मेरा निमेष र निर्जा” भनेर सोधे । अनिमेषले शिर झुकाउ“दै भुइ“तिर हेरेर जवाफ दिए, “उनीहरू साथीको घरमा गएका थिए । आउन ढिला गरे ढिलो होला भनेर म चै आए“ ।”
त्यसबेला मेरो मुटु च्वास्स भयो र पनि चुपचाप सहे“ अरू केही नसोची । अनिमेषले मेरो व्याग गुडाउ“दै ट्याक्सीमा ल्याएर राखे र चुपचाप ट्याक्सीमा चढे । उनको पछिपछि लाग्दै म पनि यन्त्रवत् मानव झै“ भएर उनीस“गै ट्याक्सीमा बस“े । अनि उनले उही हाम्रो सा“खुमा भएको घरको लोकेसन दि“दै ट्याक्सी लान चालकलाई निर्देशन दिए ।
सा“झ झमक्क परिसकेको थियो । सडकका दुइछेउमा भएका बिजुलीका पोलबाट बत्ती झलल्ल बलेर उज्यालि“दा पनि मेरो मन अ“ध्यारो थियो । सडकमा साना ठूला वहानहरू बत्तीको चहक फ्याकेर सलल बग्दै ध्वनि प्रदूषणले वातावरणलाई नै आक्रान्त पारेको अवस्थामा मेरो मनस्थिति अशान्त भयो । अनि हामी बीचको मौनतालाई भङ्ग गर्दै अनिमेषलाई सोधे“–“हामीले किनेको नया“ घर सबै भाडामा नै दिएको छ ।”
“हो” मलाई नहेरी उनले एउटै अक्षरमा उत्तर दिए । यत्रो वर्षपछि आफ्नो घरमा आफ्नाहरूस“ग सामीप्यको सुख भोग गर्न म आतुर भएकी थिए“ । गेट फूलले गेट छोपि“दै घर भित्ताबाट छानोसम्म लता टा“सिएर उकालि“दै गरेको त्यो घरले हजारा“ै कहानी लुकाएर पनि अभिमान बोकेर उभिएको थियो । वरैबाट देखिने झ्यालमा हेरे“ पहिला झै“ यसपटक त्यहा“ कुनै आ“खाहरूले चिहाएका थिएनन् । घरमा पुग्नासाथ मेरो उत्साह र उमङ्गका आतुरीहरू व्यर्थ भएर विषाद बन्यो । चकमन्नता ओडेर नियास्रिएको त्यो मेरो घर छोराछोरी बेगर मस“ग नै अपरिचित भयो । अनि सशङ्कित भएर कढ्कि“दै मैले सोधे “अनिमेष, खोइ मेरा छोराछोरी ।”
अनिमेषले झिजो मान्दै मबाट नै तर्कन खोजे । मैले बुझ्न सकिन“ उनलाई । त्यसबेला मैले प्रेम गरेर बिहे भएका पहिलेका मेरा अनिमेष जस्तो देखिन उनलाई । छोराछोरीलाई नदेख्दा मातृत्वले पिरोलेर आहत हु“दै रोए“ । अनिमेषस“ग विरक्तिएर रातभर उनीस“गै भएर पनि कोसै टाढा भए“ । उनीस“ग मिलनको चाह अन्त भइसकेको थियो । उनले पनि कुनै भाव प्रकट गरेनन् । अनिदो मेरो मष्तिष्कले अनेक कुरा सोच्दै छटपटिएर रूदै बिताए आ“ैसीको त्यो कालो रात ।
सूर्यको चहकिलो आभा चारैतिर फिजारिन नपाई काम प¥यो भनेर निस्किएका अनिमेष सा“झ परिसक्दा पनि आउने चालचुल छैन । मलाई असैह्य भयो र घर कुर्न बसेका कान्छा कान्छीलाई बोलाएर सोधे“ । उनीहरू निकैबेर बोलेनन् । शिर झुकाएर उभिरहे । बारम्बार प्रश्न गरेपछि हजुरलाई हामीले भनेको मालिकले थाहा पाउनु भयो भने हामीलाई तुरुन्तै यहा“बाट निकाल्नु हुन्छ ” भन्दै कान्छो त्यहा“बाट हि“ड्यो । कान्छी त्यही घुकघुक गर्दै घोप्टीएर रुन थाली । म अवाक भएर हेरिरहेकी थिए“ । एकछिन पछि कान्छीले रु“दै भन्न थाली “मालिक्नी हजुरको घर परिवार सब लथालिङ्ग भताभुङ्ग भैसक्यो । मालिक पनि हजुरको कमाइले किनेको घरमा एउटी छोरी सहितकी आइमाईस“ग बस्नु भएको छ । निरज बाबु पनि भट्टिवालीस“ग………निर्जा मैया पनि पुलिसस“ग आफै बिहे…………..।”
यो के भनेकी कान्छी तैले ? उमेर नै नपुगेको मेरो छोरो……………। जीवन नै नबुझेकी मेरी बालख छोरी ……………..। उफ १ मैले यो के सुन्नु प¥यो हरे । किन म याहा“ आएछु ।” बसिरहेको कुर्सिमा म फनन घुम्छु । मलाई थाह छैन् यसबेला सपना देख्दैछु वा विपनामा मूर्छित हुन लागेर हो म भासि“दै गए“ भासि“दै गए“ ।